कास्की ट्राफिक भवनको शिलान्यास

पोखरा १ असार
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्माण हुने भवनको शिलान्यास भएको छ । पोखराको पृथ्वीचोक स्थित निर्माण हुने भवनको पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिसी र ४ नं. प्रदेश प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले शुक्रबार एक कार्यक्रमका विच संयुक्त शिलन्यास गर्नुभएको हो । मेयर जिसी र प्रहरी नायव महानिरीक्षक बोहराले भवनको जगमा ईट्टा र सिमेन्ट राखी पुजा अर्चना गरी शिलन्यास गर्नुभएको छ ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले विगत लामो समय देखी आफ्नो भवन विना नै सेवा प्रवाह गर्दै आईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले उक्त भवन निर्माण पश्चात थप उत्साह र उच्च मनोवलका साथ ट्राफिक व्यवस्थापनमा खटिने विश्वास व्यक्त गर्नुभयो । साथै उक्त ट्राफिक प्रहरी भवन निर्माणका लागि स्थानिय नागरिक नै जागरुक भई निर्माण समिति समेत गठन भई काम सुरु भएको प्रति आभार समेत व्यक्त गर्नुभएको छ ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.ले उक्त भवन निर्माणको सफलताको शुभकामना व्यक्त गर्दै महानगरपालिकावाट सदैव साथ र सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माण समितिका अध्यक्ष दिलिप राज श्रेष्ठले भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गर्दै ढलानयुक्त ६ कोठाको उक्त भवनमा ५ वटा कार्यालय प्रयोजनका कोठाहरु रहने र १ सय २० जना प्रहरी कर्मचारीहरु सुत्न मिल्ने गरी बनाईने बताउनुभयो । उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रशाद चौधरी, ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, यातयात व्यावसायि, सामाजिक अभियान्ता, समुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Advertisment