निरमायामा प्रिती आलेको बालै फरर….

पोखरा १५ असार । पछिल्लो समय दोहोरी ब्याटल निकै चर्चामा रहेको छ । विशेष गरी युवा पुस्ताले ¥याप ब्याटल मन पराउने गरेका छन । लोकदोहोरीमा प्रकाश सपुत र प्रिती आलेको ब्याटलले पछिल्लो समय लोकदोहोरीमा छुटटै स्थान बनाउन सफल भएको छ । दोहोरी ब्याटलको लै बालै फरर भन्ने गीत युवा पुस्ताको मुखमा झुण्डिएको छ । त्यही ब्याटलकी गायिका प्रिती आलेले बुधवार सांझ पोखराको निरमाया दोहोरी सांझमा प्रस्तुती राख्दा दोहोरीमा आएका युवाहरु झुमेर नाचे ।

ललललल लै बालै फररर भन्दै आलेले स्टेजमा गाउदा दोहोरीको फ्लोरमा नाच्नेको भीड थामि नसक्नु बन्यो । झण्डै १५ मिनेट दोहोरी ब्याटल प्रस्तुती पश्चात आलेले दोहोरी मार्फत उपस्थित दर्शकलाई थप मनोरन्जन प्रदान गरिन । निरमाया दोहोरी सांझले आफ्नो १३ औ वार्षिकोत्सवको अवसर पारी सोमबार सांझदेखी वार्षिकोत्सव विशेष कार्यक्रमलाई जारी राखेको छ ।

मंगलबार सांझ लोकदोहोरी गायिका शर्मिला गुरुङको सालैजो गीतबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको दोहोरीका सञ्चालक किसम घलेले जानकारी दिए । घलेका अनुसार बिहीबार सांझ चर्चित लोकदोहोरी गायक कुमार पुनको प्रस्तुती रहने छ । निरमाया दोहोरी सांझले आफ्नो १३ औ वार्षिकोत्सवको अवसर पारेर दोहोरीमा आउने ग्राहकहरुलाई विशेष छुट प्रदान गर्दै आएको दोहोरी सञ्चालकले जनाएको छ ।

Advertisment