युनाईटेड खबरका प्रधान सम्पादक गुरुङलाई कर्मकर्ण पुरस्कार

पोखरा, २० असार ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्की शाखाद्वारा सञ्चालित एवं तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्वारा आफ्नो वैवाहिक वर्षगाँठका अवसरमा स्थापित ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७५’बाट पोखराबाट संचालित युनाइटेड डटकमका प्रधानसम्पादक राजबहादुर गुरुङलाई सम्मान सम्मान गरिने भएको छ ।

अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले पत्रकार गुरुङलाई पुरस्कार दिन सिफारिस गरेको हो। छनौट समितिका अन्य सदस्यहरूमा फोनिजका प्रदेश नं। ४ का इञ्चार्ज हुमबहादुर गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश नं।४ की उपाध्यक्ष शान्ति गुरुङ र फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगर रहेका छन् ।

सो पुरस्कार तमु धिं नेपालकी अध्यक्ष एवं समाजसेवी तमुको वैवाहिक वर्षगाँठका अवसरमा यही असार २९ गते आयोजना हुने विशेष कार्यक्रमबीच प्रदान गरिने फोनिज कास्कीका अध्यक्ष मगरले जानकारी दिए ।

यसअघि, यस पुरस्कारबाट रीता गुरुङ, हर्क आलेमगर, शान्ति गुरुङ, तिलकप्रसाद पुनमगर, एमबी आस्था मगर र हुमबहादुर गुरुङ सम्मानित भइसकेका छन् । पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ ।

Advertisment