पोखरा विमानस्थलमा इन्स्पेक्टरको दादागिरी, आफ्नो हातमा एयरपोर्ट रहेको वताउदै पत्रकारलाई बिमानस्थल प्रवेश रोक

गिता राना मगर,
पोखरा २३ असार ।

पोखरा विमानस्थलमा कार्यरत प्रहरी निरीक्षक प्रताप पौडेलले विमानस्थलमा रिपोर्टिङमा पुगेका पत्रकारलाई विमानस्थल प्रवेशमा रोक लगाए । सैनिक पारामा प्रहरी निरीक्षक पौडेलले आफ्नो हातमा एयरपोर्ट रहेको वताउदै कुनैपनि पत्रकारले बिमानस्थलाम प्रवेश नपाउने भन्दै धम्की समेत दिए । शुक्रबार दिउसो मुस्ताङ ट्रिपर दुर्घटनामा परी मृत्यु भएकाको शव शनिवार दिउसो पोखरा विमानस्थल ल्याइएको थियो । सोही घटनाको रिपोर्टिङ गर्न पुगेका पोखराका पत्रकारहरुलाई प्रहरी निरीक्षक पौडेलले विमानस्थल प्रवेशमा रोक त लगाएनै बाहिरबाट फोटा खिच्न समेत दिएनन । पत्रकार मात्र नभइ पौडेलको निर्देशनमा विमानस्थलमा शवको पहिचान गर्न पुगेका आफन्तहरुले समेत विमानस्थलमा प्रवेश गर्न पाएनन ।

ियसअघि विभिन्न घटनाहरुको रिपोर्टिङका लागी पौडेल भन्दा अगाडीका प्रहरी प्रमुखहरुले पत्रकारहरुलाई प्रवेश दिने गरेको पोखराका अग्रज पत्रकार हरि बास्तोलाले वताए । प्रहरी निरीक्षक प्रताप पौडेलले सैनिक सासन जस्तो गरी विमानस्थल आफ्नो हातमा रहेको भन्दै पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरी प्रवेशमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको वताए । बास्तोलाले आफुले थाहा पाए सम्म हाल सम्म कुनैपनि प्रहरी प्रमुखले पोखरा विमानस्थलमा रिपोर्टिङमा बाधा नपु¥याएको वरु उल्टै सिमित ठांउ छुट्याएर पत्रकारहरुलाई फोटो, भिडियो खिच्ने बातावरण तय गर्ने गरेको वताए ।

विमानस्थलमा सैनिक शासनको झल्को दिने प्रहरी निरीक्षक प्रताप मल्लले शुक्रबार सांझ समेत पोखरा विमानस्थलमा घाइतेहरु ल्याउने क्रममा रिपोर्टिङ गर्ने क्रममा बाधा उत्पन्न गरेका थिए । पौडेलले आफुलाई निकै ठूलो ठानेर आफुहरुलाई आफन्तको शवको पहिचान गर्न जान नदिएर बाहिरैबाट फर्किनुपरेको रोल्पा घर भइ पोखरा बस्दै आएका जितमान पुनले वताए । प्रहरी निरीक्षक पौडेलमात्र नभइ घटनाका घाइतेहरुलाई पोखरा ल्याउदा गण्डकी प्रदेशका डिआइजी, एसएसपी, एसपी र सरकारी निकायका कोही पनि पदाधिकारीहरुको उपस्थिती थिएन । सरकारी र प्रहरी प्रशासनका कोही कसैले पनि वास्ता नहुदा उपचारमा संलग्न आफन्तहरु चिन्तित बनेका छन ।

Advertisment