सहकार्यबाट आर्थिक समृद्धि ः प्रदेश प्रमुख कुँवर

विशाल कोअपरेटिभको १९औं साधारणसभा
पोखरा, ३ भदौ । समूहगत रुपमा गरिने सहकार्यले मानिसको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा परिवर्तन ल्याउने र त्यसको लागि सहकारी आवश्यक रहने गण्डकी प्रदेश प्रमुख बावुराम कुँवरले बताएका छन् । विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखराको १९औं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेफ्स्कुनका सञ्चालक भीम गुरुङले विशाल सहकारी प्रदेश कै एक उत्कृष्ट संस्था भएकाले आगामी दिनमा नयाँ प्रविधि मार्फत सदस्य केन्द्रित सेवातर्फ अग्रसर रहनुपर्ने बताए ।
सहकारी अभियन्ता डिल्लीराम तिवारीले विशाल सहकारीले सदस्यको अपेक्षा बमोजिम काम गर्न सफल रहेको बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले सेवा बिस्तार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा कास्की बचत संघका सचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख केदारनाथ उप्रेती लगायतले बोलेका थिए ।
कार्यक्रममा लेखा संयोजक रामकृष्ण दुवाडीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षा उपसमिती संयोजक प्रदिपकुमार मुल्मीले शिक्षा उपसमितीको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संचालक सदस्य शिव शर्माले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
५८ करोड रुपैयाँ कारोवार भएको २ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै आफ्ना सदस्यलाई १६.५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । आयकर लगायत विविध शीर्षकमा ७५ लाख भन्दा धेरै कर राज्यलाई बुझाएको कार्यवहाक अध्यक्ष जगन्ननाथ ढकालले जानकारी दिए ।
संस्थाले ७५ वर्ष पार गरेका सदस्यलाई पेन्सन, सर्वोत्कृष्ट कारोवार गर्ने सदस्यलाई पुरस्कृत एवं सदस्यका सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छोराछोरीलाई पुरस्कृत गरेको सचिव सुदिप ढकालले जानकारी दिए । संस्थाका कार्यवहाक अध्यक्ष जगन्ननाथ ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका संचालक तारादेवी पराजुलीले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव सुदिप ढकालले गरेका थिए ।

Advertisment