तामाङ बौध्द आमा समुहको अधिवेशन सम्पन्न

पोखरा,०२ भदौ

पोखरा १३ संगमटोल स्थित तामाङ बौद्ध सेवा समितिको भातृसंगठन आमा समूहको शनिवार चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जुना गोम्जा तामाङको अध्यक्षतामा १३ सदस्यीय आमा समुह गठन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्पा थोकर, सचिवमा शान्ती लोप्चन, सहसचिवमा लक्ष्मी थीङ, कोषाध्यक्षमा सीता सम्देन, सदस्यहरुमा स्विष्णु थोकर, तिर्थ लामा, खीना नेगी, शुसा थकाली तामाङ, प्रेमकुमारी स्याङ्बो, मनश्री लोप्चन, रेवती गोम्देन, शान्ति थीङ चयन हुनुभएको छ।

अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष कर्म तमुले परापुर्वकालमा एउटै जातिलाई शासकहरुले फुटाएर तमु र तामाङ बनाएर शक्तिहिन बनाएको आरोप लगाउनुभयो। फुटाएर शासन गर नितीका अनुसार तमुहरुलाई लाहुरे बनाएर विदेशीन बाध्य बनाएको र तामाङलाई पीपा बनाएर दोश्रो दर्जाको नागरिक बनाएको भन्दै अन्याय अत्याचारका विरुद्ध उठ्नुपर्ने उहाँको भनाई थियो । अधिकार प्राप्त हुने भएकाले पहिचान र अधिकारको आन्दोलनलाई शसक्त बनाउन महिला दिदीबहिनिहरु लाग्नुपर्नेमा जोड दिनुहुदै नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नं ४ का सदस्य ज्योति तामाङ अतिथि आदिवासी जनजाति महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङ,नेपाल तामाङ घेदुङ कास्कीका उपाध्यक्ष टेकबहादुर तामाङ, फ्याफुल्ला महिला बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु तामाङ, तामाङ बौद्ध सेवा समितिका संस्थापक अध्यक्ष डिलबहादुर नेगी, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व कोषाध्यक्ष एवम् नेपाल टेलिकम पोखरा शाखा अधिकृत गौतमराज योन्जन, नेपाल तामाङ घेदुङ कास्कीका अन्जु तामाङ,केश बहादुर तामाङ, क्या.धनबहादुर तामाङ, डिलमायालामा, अम्मर घरा, ननसुबा तामाङ,योसरि तामाङ,सिङ्गमान तामाङ,माया योन्जन आतिथ्यता रहेको थियो।

संस्थाको कार्यप्रगति विवरण एवम् आर्थिक प्रगति प्रतिवेदन भेलाले अनुमोदन गरि पारित गरिएको थियो। उद्घाटन सत्रको कार्यक्रम आमा समुहकी अध्यक्ष बेलमाया तामाङको अध्यक्षता, मनसुबा तामाङको स्वागत मन्तव्य तथा पवित्र तामाङको संचालनमा सम्पन्न भएको थियो भने दोश्रो चरणको बन्दसत्रमा नेपाल तामाङ घेदुङ कास्कीका उपाध्यक्ष टेक बहादुर स्याङ्बोको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डलले कार्यसम्पादन गरेको पवित्रा तामाङले जानकारी दिनुभयो।

Advertisment