प्रहरीको छड्के चेकजांचमा १ सय ८७ सवारी कारबाहीमा

पोखरा २ भदौ । कास्की प्रहरीको राजमार्ग छड्के चेकजांचमा १ सय ८७ सवारी साधन कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा आयोजना गरेको राजमार्ग छड्के चेकजांचको क्रममा ठूला साना गरी १ सय ८७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भुपि शेरचन राजमार्ग र पृथ्वी राजमार्गमा सम्पन्न छड्के चेकजांचमा अधिकांस रुपमा सार्वजनिक यातायातका साधन कारबाहीमा परेका छन । चेकजांचको क्रममा पृथ्वी राजमार्गबाट १ सय २८ सवारी साधन कारवाही परेका थिए । जसमा जिपकार ३७ , कालो सिसा प्रयोग भएका कार २९ , सडकमा पानी चुहाउदै हिड्ने ट्रिपर र ट्रक गरी २५, कागजपत्र नभएका १५ सवारी, बस १५ र ७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

त्यसैगरी सिर ७ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । त्यसैगरी भुपिशेरचन पोखरा बाग्लुङ राजमार्गमा सम्पन्न छड्के चेकजांचमा ५९ वटा सवारी साधन कारबाहीमा परे । भुपिशेरचन राजमार्गमा सवारी दर्ता किताब नभएका २५, सवारी चालक अनुमति पत्र नभएका १८, सवारी परमिट नभएको ७, मोटरसाइकल ६ र कालो सिसा प्रयोग गर्ने ३ वटा कार कारबाहीमा परेका छन ।

कास्की प्रहरीले पर्यटकीय शहर पोखरामा भित्रिने सवारी साधनहरुको माध्यामबाट लागुऔषध, हातहतियार जस्ता अवैध सामाग्रीहरु भित्रिन सक्ने भन्दै प्रत्येक हप्ता राजमार्गमा छड्के चेकजांचलाई निरन्तरता दिनै आइरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले वताए ।

Advertisment