तमु धिं ले कानुनी सचेतना कार्यक्रम गर्दै

पोखरा, २० भदौं तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालले भदौ २२ गते कानुनी सचेतना कार्यक्रम गर्ने भएको छ । पोखरा ९ नयाँबजारस्थि तमु धिं नेपालमा आयोजना हुने कार्यक्रममा यही भदौं १ गते देखि नेपालमा लागु भएको मुलुकी फौजदारी कार्यविधी९संहिता०ऐन २०७४ र मुलुकी देवानी९संहिता० ऐन २०७४ का बारेमा तमु धिं नेपाल, क्षेत्रीय समाजहरु र विभिन्न आदिवासी जनजातिहरुलाई कानुनी सचेतना कार्यक्रम गर्ने भएको हो।

भदौ २२ गते आयोजित कानुनी सचेता कार्यक्रममा मुलुकी फौजदारी कार्यविधी९संहिता०ऐन २०७४ का बारेमा तमु धिं नेपालका सल्लाहकार समेत रहनुभएका बरिष्ठ अधिवक्ता कृष्णबहादुर तमु र मुलुकी देवानी९संहिता० ऐन २०७४ का बारेमा तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी तमुले सहजीकरण गर्नु हुने अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो।

भदौ महिनादेखि लागु भएको फौजदारी र देवानी संहिताका बारेमा प्रशिक्षित गराउन तमु धिं नेपाल जुटेको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो।

कानुनी अज्ञानता क्षम्य नहुने भएकाले फौजदारी र देवानी संहितामा भएको व्यवस्था बारे सबै सचेत हुनुपर्ने भएकाले तमु धिं नेपाल र क्षेत्रीय समाजहरुमा आवद्ध महानुभाव लगायत कस्केली आदिवासी जनजाति समुदाय केन्द्रीत गरेर तमु धिंले बृहत कानुनी सचेतनाको शुरुवात गर्न थालेको द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले बताउनुभयो।

तमु धिं नेपालमा करिब सातसय जना अगुवाहरुको सहभागीता गराई सचेतना कार्यक्रम आयोजना गर्ने र त्यस पश्चात विभिन्न्न समाजहरुमा कानुनी सचेतना अभियान गरिने तमु धिं नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो। नयाँ संहिताका बारेमा राज्यकै तर्फबाट सचेतना अभियान गरिनुपथ्र्यो तर त्यसो नभएकाले संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै तमु धिंले कानुनी सचेतना कार्यक्रम गर्ने निर्णय गरेको उहाँको भनाई छ।

Advertisment