अधिकारी समाज राष्ट्रिय भेलाका लागि कार्यदल बैठक

हेमजा ०७ अधिकारी समाज राष्ट्रिय भेला सम्पन्का लागि कार्यदल बैठक माछापुच्छ«े गाउँपालिका वडा नं ६ अस्ताममा सम्पन्न भएको छ । असोज ५ गते कास्कीकोटको थामाको गारामा कश्यय भुमिको अवलोकन सँगै शुरु भएको भेला असोज ६ गते माछापुच्छ«े गाउँपालिका वडा नं ६ अस्ताममा सम्पन्न भएको हो । कार्यदल बैठकको उद्घाटन गर्दै प्रमुख अतिथि स्याङ््जा जिल्ला उच्च अदालतका मुख्य न्यायधिस रमाकान्त अधिकारीले सबै अधिकारीहरु एकताको मालामा गाँसिनु पर्नेमा जोड दिदैँ सससंगी हुनुपर्ने, पूर्वीय दर्शनलाई अगाडि बढाउदैँ एक अर्का सँग सहकार्यको भावनाले अगाडि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै स्याङ््जा जिल्लाका अध्यक्ष सुवेदार हिमलाल अधिकारी , नवलपरासी जिल्लाका अध्यक्ष एकनारायण अधिकारी , चितवन जिल्लाका अध्यक्ष एवं कश्यय आश्रम देवघाट धामका अध्यक्ष एवं कार्यदल सदस्य सुर्दशन अधिकारी , मकवानपुरका जिल्लाका अध्यक्ष एवं कार्यदल सदस्य नन्दलाल अधिकारी , काठमाडैँका जिल्लाका अध्यक्ष एवं कार्यदल सदस्य टेकराज अधिकारी , राष्ट्रिय भेला कार्यदल संयोजक देवीरमण अधिकारी लगायतका व्यक्तिहरुले बोल्नुभएको थियो । अधिकारी समाज विधीवत रुपमा २०५५ साल जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता भएको हो । कास्की जिल्ला भर ४२ सय घरधुरी रहेकोउपमहासचिव दुर्गा प्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यदललाई कसरी अगाडि बढाउने र संघिय संरचना अनुसार समिति निमार्ण गसरने प्रा. नन्दलाल अधिकारीले बताउनुभयो । उपाध्यक्ष एकनारायण अधिकारीको स्वागत मन्तव्यबाट शुरु धएको कार्यक्रममा महासचिव हेमन्त अधिकारीले कार्यक्रमको औचित्य माथि प्रस्ट पार्र्नुुभएको थियो । त्यस्तै कास्की र कश्यय धामको एृतिहासिक सम्बन्ध बारे पूर्णभद्र अधिकारीले प्रस्टाउनु भएको कार्यक्रमको अध्यक्षता अधिकारी समाज कास्कीका वरिष्ट उपाध्यक्ष लिलाधर अधिकारीले गर्नुभएको कार्यक्रमको संचालन उपमहासचिव दुर्गा अधिकारीले गर्नु भएको थियो । माछापुच्छ«े गाउँपालिका वडा नं ६ अस्ताममा अलिना अधिकारी जुम्लाबाट आएर बसेको र पछि नेपालका विभिन्न ठाउँमा गई बसोबास गरेको बताईन्छ ।

Advertisment