पोखरा उद्योग वाणिज्य संघमा अधिकारी, ककसले जिते पद सहित हेर्नुस…

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन्। शनिबार सम्पन्न ३२ औं अधिवेशनले अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो। निवर्तमान वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई ७ मतले पराजित गर्दै महासचिव अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्।प्रजुले १४ सय ७१ र अधिकारीले १४ सय ७८ मत प्राप्त गरे। संघको वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपाध्यक्ष ९उद्योग० विन्दु कोइराला सुवेदी, उपाध्यक्ष९वाणिज्य० पवनकुमार प्रजापति निर्वाचित भएका छन्।त्यस्तै अर्जुन पोखरेल महासचिव, चिनु गुरुङ उपमहासचिव र सुरेन्द्र बिजुक्छे कोषाध्यक्षमा चुनिएका छन्।

खुला सदस्यमा कीर्तिवल्लभ त्रिपाठी, बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारीमुना बास्तोला, ऋषिराम शर्मा र रामेश्वर अधिकारी, नगेन्द्रप्रसाद सुवेदी, रुद्र लुइँटेल, र सोभित पौडेल विजयी भए । वस्तुगततर्फ ४ सदस्यमा श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना र हरिराज पन्त निर्वाचित भएका छन्। संघको कर्पोरेट २ सदस्यमा हर्कबहादुर अधिकारी ९मिरज० र हरिहर सापकोटा विजयी भए। उद्योग सदस्यमा सुरेशकुमार श्रेष्ठ विजयी भएका छन्।

Advertisment