लायन्स क्लब द्वारा ५ लाख भन्दा बढिको छात्रबृति वितरण

विद्यालयलाई १ लाख भन्दा बढिको सहयोग

पोखरा १५ असोज

पोखरा स्थित लायन्स क्लब अफ अन्पुर्णले सोमबार १८औं छात्रबृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ३ देखि स्नाकोक्तर तह सम्म अध्ययनरत २६जना विद्यार्थीहरुलाई छात्रबृति वितरण गरिएको लायन्स क्बल अन्नपुर्णका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक सोनाम साङपोले जानकारी दिनु भयो । साङपोले दृष्टिविहिन दलित आर्थिक अबस्था कमोजर भएका र आमाबाबु विहिन विद्यार्थीलाई विगत १८ बर्षदेखि आफ्नो क्लबले छात्रबृति वितरण गर्दे आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ वि वानका गभर्नर अशोक श्रेष्ठले लायन्स क्लब अन्नपुर्ण लायन्स क्लबको प्रतिष्ठा जोगाउने क्बल भएको बताउनु भयो । श्रेष्ठले काम बढि प्रचार कमगर्ने क्लब अन्नपुर्णरहेको बताउदै उहाँले डिष्ट्रिक्टका क्लबहरुले अन्नपुर्णबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो । क्लबका अध्यक्ष दिनेश तुलाचनले शिक्षाको माध्यामबाट मात्रै आफु र समाज परिवतन हुनेभएकोले लायन्स क्लब अन्नपुर्णले शिक्षामा जोड दिएको बताउनुभयो ।

यसैविच विद्यार्थीहरुलाई छात्रबृति संगै तनुहँको सुक्ला गण्डकी नगरपालिका वडानं ८मा रहेको कालिका आधारभूत विद्यालयलाई १ लाख २० हजारको चेक हस्ताण गरिएको छ । कार्यक्रममा सीनियर एओजी एकनाराण शर्मा,डिपार्टमेन्ट चिफ विमला श्रेष्ठ,छात्रबृति पाउने दृष्टिविहिन सिता परियार लगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन सचिव विजय पौडेलले गर्नुभएको थियो भने कार्यक्रम क्लबका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको थियो ।

Advertisment