दशै तिहारलाई लक्षित गरी विशेष सुरक्षा योजना वनाउदै कास्की प्रहरी

पोखरा १४ असोज । दशै तिहार र छट पर्वलाई लक्षित गरी कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाउने भएको छ । कास्की प्रहरीले सोमबार जिल्लाको मातहतमा रहेका ७० वटा युनिटका प्रमुखहरुका बीच अन्तरक्रिया गरी चाडपर्व विशेष सुरक्षा योजना निर्माण बारे अन्तरक्रिया समेत गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा ७० वटै युनिटमा आवश्यक पर्ने पूर्वाधार प्रहरी कर्मचारीको अवस्थाको बारेमा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले जानकारी लिएका थिए ।

रानाले पहिलो चरणमा आफ्नो मातहतमा रहेका युनिटहरु संग अन्तरक्रिया गरी कुन युनिटमा कति प्रहरी कर्मचारी आवश्यक पर्छ भन्ने वारेमा र ग्रामीण भेगदेखी शहर र वढी मात्रामा भीड हुने ठाउहरुमा आवश्यक पर्ने सुरक्षा ब्यवस्थाको बारेमा जानकारी लिएका थिए ।

पर्यटकीय शहर समेत रहेको कास्कीमा दशै तिहारको वेला वढी मात्रामा आन्तरिक र बाह्य पर्यटकको आवतजावत वढ्नुका साथै धेरैजसो मानिसहरु घरमा तालाचावी लगाएर गाउतर्फ जाने हुनाले चोरी डकैती जस्ता घटनाहरु घट्न सक्ने भएकाले त्यसवारेमा पनि छलफल गरिएको र कास्कीमा चाडपर्वको वेलामा कुनै घटना हुन नदिनका लागी विशेष सुरक्षा योजना बनाइ कास्की प्रहरी अगाडी वढ्ने प्रहरी प्रमुख रानाले वताए ।

Advertisment