लायन्स क्लब अन्नपुर्ण सामाजिक सेवामा

असोज १६ पोखरा, पोखरा स्थित लायन्स क्लब अफ पोखरा अन्नपुर्ण सामाजिक सेवामा सक्रिय बनेको छ । ३२ बर्ष अगाडि स्थापना भएको क्लबले स्थापनादेखि हाल सम्म आफुलाई सामाजिक सेवामा सक्रिय क्लबको रुपमा परिचित गराउन सफल भएको हो । मंगलबार पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसमा क्लबले निर्माणगरेको पानी रिर्जव ट्याङकी हस्तान्तरण गरेको छ । दुई लाख ५० हजारको लागतमा युके स्कुलको आर्थिक सहयोग र युके स्कुलका विद्यार्थीहरु स्वयमले निर्माण गरेको पानी ट्याङकी हस्तान्तरण गरिएको हो । १० हजार लिटरको दुईवटा पानी ट्याङकी निर्माण सम्पन्न संगै डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठले मंगलबार क्याम्पसलाई हस्तान्तरण गर्नुभएको हो ।

श्रेष्ठले लायन्स क्लब अन्नपुर्ण देशकै सामाजिक क्षेत्रमा उत्कृष्ट क्लब रहेको बताउदै क्वालिटिको कामगर्ने क्लब अन्नपुर्ण रहेको बताउनुभयो ।डिष्ट्रिक ३२५ वी वानका पुर्व गभर्नर धु्रब थापाले देशबाहिर बाट सहयोग जुटाएर निरन्तर समाजमा सहयोग गर्ने लायन्स क्लब अन्नपुर्णरहेको जनाउनु भयो । कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मान्धरले क्याम्पस स्थापनादेखि रिर्जब पानी ट्याङकी नहुदा पानीको समस्या भोग्नुपरेको बताउदै अन्नपुर्ण लायन्सले गरेको सहयोगले क्याम्पस परिवारलाई ठुलो सहयोग मिलेको जानकारी दिनुभयो। कार्यक्रम संयोजक सोनाम साङपोले आफुहरुले पोखरा महानगरभित्रका सरकारी विद्यालयहरुमा पानी ट्याङकी निर्माण अभियानको शुरु गरेकोले हाल सम्म १४ वटा विद्यालयमामा रिर्जव पानी ट्याङकी निर्माण गरेको बताउनु भयो । कार्यक्रममा रिजन चियर पर्सन अर्जुन थापा,जोन चियर पर्सन एवं पोखरा उद्योगबाणिज्यसंघका महासचिव अर्जुन पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विजयी पौडेलले गर्नुभएको थियो ।लायन्स क्लब अन्नपुर्णले शनिबार म्याग्दी नारच्याङमा ३५ लाखको लागतमा स्वास्थ चौकी निर्माण पछि हस्तान्तरण गरेको थियो भने सोमबार पोखराम पाँच लाख भन्दा बढिको छात्रबृति रहेको १८औं छात्रबृति वितरण गरेको थियो ।

Advertisment