आदर्श सञ्चारले दियो मृत्यु राहत

बागलुङ १७ असोज
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्यका आफ्न्तको निधनमा प्रदान गरिने मृत्यु राहत रकम हस्तान्तरण गर्दै समवेदना व्यक्त गरेको छ ।
संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका वडा नम्बर १३ निवासी दुर्गाप्रसाद रिजालका आमा र राधिका रिजालकी सासु आमा दुर्गा कुमारी रिजालको निधन भएको १२ औं दिनको पुण्यतिथिमा उहाँहरुको घरमै पुगेर श्रद्धाञ्जली सभा तथा राहात रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले संस्थाको नियम अनुसार सेयर सदस्य द्वय दुर्गाप्रसाद रिजाल र राधिका रिजाललाई प्रतिव्यक्ति ५ हजारका दरले संयुक्त १० हजार रुपैया राहत रकम हस्तान्तरण गर्नुभएको हो । राहात रकम हस्तान्तरण गर्दै जिसीले संस्थाले शेयर सदस्यको परिवारमा पर्न जाने शोकमा साथ दिन यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । जन्म देखि मृत्युसम्म सहकारी शेयर सदस्यको सहयोगी बन्नु पर्ने बताउनुभयो ।
साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र स्वंयम सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया राहात स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

Advertisment