तालबाराही परिसरमा दैनिक सन्ध्याकालिन आरती गरिने

 

भुपाल गुरुङ,
पोखरा २२ असोज ।

धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखराको तालबराहिमा नित्य सन्ध्याकालिन आरती हुने भएको छ ।

पोखराको फेवाताल किनारमा असोज २४ गते देखि दैनिक रुपमा सन्ध्याकालिन आरती कार्यक्रम आयोजना गरिने सोमबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पितृ उद्धार आत्मशान्ति, फेवाताल परिसर भित्र विभिन्न समयमा मृत्युवरण गरेका मानिसहरुको आत्माको वैकुण्ठ बास होस् भन्ने कामना सहित मनोकाक्षा पुराको लागि बाराहि घाटमा दिप प्रज्वलन कार्यक्रम हुने माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले बताए ।

शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्को कामना गर्दै नेपालको पशुपतिनाथ हुदै पोखराको बाराही घाटमा आरती शुरु गरिने उनले बताए । पोखरा आउने अधिकांश पर्यटक धार्मिक आस्थाका आधारमा आउने भएकाले धार्मिक पर्यटनलाई बढाव दिन यसले महत्व भुमिका खेल्ने उनको दावी छ । यो संगै पोखरा तालबाराही परिसरमा दैनिक सन्ध्याकालिन दिप प्रज्वलन कार्यक्रम आयोजना हुनेछ । आन्तारिक तथा वाह्य धार्मिक पर्यटकले सो दिप प्रज्वलन कार्यक्रममा सहभागी जनाउन पाउने छन ।

पोखरा आन्तरिक तथा वाह्य पर्यटकहरुको भ्रमण गन्तव्य मात्र नरही धार्मीक पर्यटनको पनि प्रचुर सम्भावना रहेकाले यस बाट धार्मिक तथा सांस्कृतिक स्थानहरुको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

Advertisment