भुपाल गुरुङ
पोखरा २८ असोज ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी एवम शुभदिपवलीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा सहभागीहरुलाई शुभकामना दिदैं मन्त्री गुरुङले सकरात्मक सोच सहित राष्ट्र परिवर्तनमा लाग्न सबैलाई आग्रह गरे । उनले परिवर्तन सम्भव छ तर त्यही अनुरुपको काममा विश्वस्त भएर निरन्तर लाग्नुपर्ने बताए ।
मुख्य मन्त्री गुरुङले दशैं उमंग उत्साह र भाईचाराको पर्व रहेको भन्दै नवदुर्गा माताको आशिर्वादले प्रदेशका आम नागरिकलाई सुख शान्ति र समृद्धको कामना गरे ।
मुख्यमन्त्रीको कार्यालयमा पोखरामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुवाँर लगायत प्रदेशका उच्च पदस्था व्यक्तिहरुको उपस्थिती थियो ।