स्याङजाको राम्चेमा शिवजी मेलाको तयारी पुरा, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने लक्ष्य

भुपाल गुरुङ,
पोखरा ४ मंसिर ।

स्याङजाको वालिङ्ग ३ राम्चेमा शिवजी मेलाको तयारी पुरा भएको छ ।

स्थानिय शिवमित्र तमु युवा परिवारले कार्तिक शुक्ला पुर्णिमाको अवसर पारि आयोजना गर्ने मेलाको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष नरेश गुरुङले जानकारी दिनुभयो । धार्मिक आस्थाको केन्द्र मानिने राम्चे स्थित शिवजी मन्दिरमा मंसिर ७ र ८ गते आयोजना गरिएको मेलामा मन्दिरको दर्शन संगै विविध खेदकुदका साथै मनोरञ्नात्मक साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

भाषा, कला, संस्कार, संस्कृतिको प्रर्वद्धन गर्दैै स्थानीय पर्यटन प्रर्वद्धन हुने उद्देश्यका साथ आयोजना गरिएको मेलामा लोपउन्मुख घाँटु, सोरठी, ठाडो भाका, झोरा नृत्य समेत प्रस्तुत हुनेछन भने तमु साँस्कृतिक स्टल, स्थानीय कृषि उत्पादनको प्रर्दशनी एवम विक्रि वितरण मेलाका अकर्षणका रुपमा रहने जनाएको छ ।

मेलामा चर्चित दोहोरी गायीका शर्मिला गुरुङ, दुर्गा गुरुङ, निकिता गुरुङ, गायक नेत्र गुरुङ, अर्जुन थापा मगर, हाँस्यकलाकार ज्याक काइला मगर र स्थानीय द स्क्रयाज जोर्नी ब्याण्ड लगायतको प्रस्तुति रहने छ । त्यसैगरी गुरुङ चलचित्रकी नायिका एवम मिस तमुस्यो नेपाल विजेता निशा गुरुङ र नायिका जेनिशा गुरुङको पनि मेलामा प्रस्तुती रहने बताएको छ । मेलाको अवसरमा आयोजित वडास्तरिय भलिबल प्रतियोगीता आइतबार देखि शुरु भइसकेको छ । भलिबलमा प्रथम हुनेले नगद ४५ हजार, द्धितियले नगद ३० हजार, तृतिय हुनेले नगद १५ हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । वर्षेनी मंसिर शुक्ला पुर्णिमाका दिन हजारौँ भक्तजनहरुबाट शिवजी मन्दिरमा दर्शन तथा पुजाआजा हुदै आएको छ । मन्दिरमा आउने भक्तजन र दर्शकलाई मनोरञ्जन दिनको लागि क्लवले विविध खेलकुद, साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । विंस २०४६ सालमा समृद्ध गाँउ बनाउने परिकल्पना साथ गाँउका युवाहरुको सक्रियतामा स्थापित क्लवले युवापुस्तालाई आफ्नै ठाँउमा सम्भावनाको खोजी गर्दै विकासमा लाग्न प्रेरित गर्ने गरेको छ ।
मिलिनियम ट्रेक अन्र्तगत पर्ने पर्यटकिय गाँउ राम्चेलाई प्राप्त स्रोत साधानको उचित विकास तथा सदुपयोग गर्न सके पर्यटकिय गन्तव्य बन्नाउन सक्नेमा स्थानीय आशावादी छन ।

Advertisment