अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी स्वरुप अध्यक्ष गुरुङ युरोप भ्रमणमा जादै

 

भुपाल गुरुङ,
पोखरा, ५ चैत ।

तमू (गुरुङ) हरुको अधिकारिक साझा सामाजिक संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङ युरोपेली देशहरुको भ्रमणमा जान लाग्नुभएको छ ।

“सम्पूर्ण तमू (गुरुङ)हरुको आव्हान ! एकता, अस्तित्व र पहिचानका लागि अन्तर्राष्ट्रिय तमू सम्मेलन” भन्ने नाराका साथ अगामी असोज २४ र २५ गते काठमाण्डौमा आयोजना हुने अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी स्वरुप युरोपेली देशहरुको भ्रमणमा जान लाग्नुभएको हो ।

अध्यक्ष गुरुङ चैत्त ८ गते युरोप प्रस्थान गर्नुहुनेछ । करिव दुई हप्ताका लागि युरोप जान लाग्नुभएका अध्यक्ष गुरुङले युरोपमा विभिन्न तमु(गुरुङ) तथा आदिवासी जनजाति संघसस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुने बताउनुभएको छ ।  गुरुङ चैत्त ९ गते बेल्जियममा युरोेपेली देशका तमु संघसंस्थाका नेतृत्वहरु संग छलफल, चैत्त १० गते तमु समाज बेल्जियमको साधारणसभा, आदिवासी जनजाति मुद्ध सम्बन्धि प्रशिक्षण, चैत्त १७ गते तमु समाज पोर्चुगलले आयोजना गर्ने कार्यक्रम लगायतका कार्यक्रममा सहभागी भई चैत्त २१ गते नेपाल फर्किनु हुने छ । उहाँले भ्रमणका बेला युरोपमा छरिएर रहेका तमु (गुरुङ)हरुलाई अन्तर्राष्ट्रिय तमु सम्मेलन बारे जानकारी गराउनुहुने बताएको छ । विश्वभर छरिएर रहेका तमु (गुरुङ) हरुलाई एकिकृत गर्दै समुदायको अधिकारका निमिक्त प्रेरित गर्न सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष गुरुङको विश्वास छ । विश्वभर रहेका तमु (गुरुङ) हरुलाई समुदायको अस्तित्व र पहिचानको लागि एकिकृत गर्नुपर्ने उहाँको जोड छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले तमू (गुरुङ) हरुको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति तथा परम्परागत मूल्य र मान्यताहरुको संरक्षण र सम्वद्र्धन गर्दै देश विकासमा टेवा पु¥याउदै आईरहेको छ । संस्थाको महिला, युवा, विद्यार्थी लगायत भातृसंगठन र नेपालका सबै जिल्लामा जिल्ला कार्यससिमति, भारत, भुटान, बेल्जियम, बेलायत, अमेरिका, मलेसिया, युएई, साउदी अरब, कतार, बर्मा लगायत देशका तमु संघसंस्था आवद्ध रहेकाछन ।

Advertisment