माओबादी कोटाका मन्त्रीलाई यसरी पारिंदैछ धमाधम बदनाम !

काठमाडौं, भदौ २० । सरकारमा दुईवटा दल नेपाल कम्युनिष्ट पार्टी र समाजवादी पार्टी नेपाल सहभागी भएपनि तीनथरी मन्त्री छन् । नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादीका गरी दुई थरीका मन्त्रीमध्ये विवादमा परेकामा पूर्व माओवादीका बढी छन् । उनीहरुलाई किन विवादमा पारियो भन्नेबारे नेकपा अध्यक्ष प्रचण्ड गम्भीर भएका छन् ।
विश्वस्त स्रोतका अनुसार प्रचण्ड पूर्व माओवादीबाट मन्त्री भएकाहरुलाई नियोजित रुपमा बदनाम बनाउन खोजिएको त होइन भन्ने निष्कर्षमा पुगेका छन् । उनले यसमा पूर्व एमालेका नेताहरुको स्वार्थ लुकेको हुनसक्नेतर्फ समेत गम्भीरता देखाएका छन् ।
पूर्व माओवादीबाट मन्त्री बनाइएकी खानेपानी मन्त्री विना मगर मेलम्ची प्रकरणमा मुछिइन् । मेलम्चीको ठेक्का रद्द गर्दा अनियमितता र कमिशनको विषय उठ्यो । मन्त्री मगर सार्वजनिक रुपमा रोइन् । उनको कारण उपत्यकामा खानेपानी ल्याउने योजना वर्षौं पछि धकेलिएको प्रचार गरियो ।
कृषिमन्त्री चक्रपाणी खनाल भारतबाट आयात हुने तरकारी रोक्ने विषयमा विवादमा परे । उनीसँगै आपूर्तिमन्त्री मातृका यादव पनि मुछिए । कुटनीतिक सम्बन्धमा जटिलता आउने गरी भएको घटनामा खनाल र यादवलाई बदनाम गरियो । यादवले सार्वजनिक रुपमा चुनौती दिदै आफूलाई कसैले हटाउन नसक्ने बताए ।
वनमन्त्री शक्तिबहादुर बस्नेत निष्कृय जस्तै छन् । उनलाई काम गर्न नदिइएको गुनासाहरु आइरहेका छन् । विगतमा गृहमन्त्री भइसकेका बस्नेत वनमा कुनै उपलब्धिमूलक काम गर्न सकिरहेका छैनन् ।
गृहमन्त्री रामबहादुर थापा बादल बेला बेलामा विवादमा परिरहन्छन् । उनीमाथि प्रहरीमा हस्तक्षेप गरेको आरोप लाग्ने गर्छ । बादल पूर्व सहकर्मी विप्लवप्रति कठोर बनिरहेका छन् । यसले पनि उनलाई पूर्व माओवादीभित्र आलोचित बनाएको छ ।
ऊर्जामन्त्री वर्षमान पुन पूर्व माओवादीबाट आएका मन्त्रीहरुभन्दा लोकप्रीय छन् । उनले ऊर्जाको क्षेत्रमा केही महत्वपूर्ण काम गरे । उनको लोकप्रीयता घटेको छैन ।
पूर्व माओवादीबाट मन्त्री भएकाहरुले विवादास्पद काम नगर्दा समेत बदनाम गराउने काम भएकोमा पूर्व माओवादीहरुबाट नेकपामा रहेकाहरुले गुनासाहरु प्रचण्डसम्म पुर्याउन थालेका छन् । पूर्व एमालेका केही नेता नियोजितरुपमा लागिरहेको माओबादीहरु आन्तरिक
रुपमा बसी समिक्षा गरिरहेको बताईन्छ ।
Advertisment