कास्की प्रहरी धमाधम जुवाडे खोज्दै पक्रंदै

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नगद रु २,७३,०४३  सहित २५ जना जुवाडे पक्राउ गरेको छ ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।३२ तल्लो गगनगौडा  स्थित जंग बहादुर पुनको घरमा जुवा तास खेलि खेलाईरहेको छन भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलि खेलाइरहेको अबस्थामा घरघनि जंग बहादुर पुन सहित १९ जना मानिसहरुलाई रु १,०६,७४८ ।९ ९एक लाख छ हजार सात सय अठचालिस० रुपैया सहित आठ  बुक तास सहित पक्राउ गरी जुवा मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैगरि जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।९ प्रगतिमार्ग स्थित रहेको चन्द्र बहादुर गुरुङको घरमा जुवा तास खेलाईरहेको गोप्य सुचनाको आधारमा  खटिएको प्रहरी टोलीले तास खेलि खेलाइरहेको अबस्थामा चन्द्र बहादुर गुरुङ सहित ६ जना मानिसहरुलाई नगद रु १,६६,२९५ ९एक लाख छैसठ्ठी हजार दुई सय पन्चानब्बे रुपैया० सहित चार बुक तास सहित पक्राउ गरी जुवा मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको बताइन्छ ।
 
Advertisment