ओलीको तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना,आलोचकहरुको प्रश्न किन चाकडी कामरेड ?

काठमाडौं  l प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।
‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्।
सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।

तर प्रधानमन्त्री ओलीको टवीटर वालमा नै आचोचना भएको छ । कतिले के को चाकडी हो कामरेड रु भनेका छन भने कतिले किन तीनवटा भाषामा रु भनी प्रश्न तेस्र्याका छन । प्रधानमन्त्री ओलीले भने आलोचकहरुको जवाफ फर्काएका छैनन् । फाइल -तस्बीर

Advertisment