गाउंपालिकाको गाडी नेबिसंघको कब्जामा !

पोखरा । नेपाल बिधार्थी संघ कास्कीले माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहहादुर गुरुङले प्रयोग गर्ने गरेको गाडीको चावी खोसेर कब्जामा लिएको बताएको छ । सुचनाको हक अन्र्तगत गाउंपालिकाको सुचना माग्न जांदा उल्टै गाउंपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोले आफुहरु विरोधमा उत्रिनुपरेको नेबिसंद्धले बताएको छ ।

तालावन्दी गर्ने र गाडीको चावी खोस्ने आन्दोलनकारीलाई प्रहरीले खोजी गरिरहेको बताइन्छ । करिब दुई महिनाको चीन भ्रमण बाट आएका गुरुडलाई लिन सो गाडी काठमाण्डौ जाने तयारीमा रहेको गाउंपालिकाले जनाएको छ ।

Advertisment