काठमाडौं । बिश्व बिख्यात हांस्यकलाकार ‘मिस्टर बिन’का छोरा तीन महिना नेपालमा बिताएपछि ब्रिटिश आर्मीको गोर्खाली टोलीमा समावेश भएका छन् ।
उनी केही समय अगाडि मात्र तीन महिने ‘सर्भाइभल नेपाली ल्याङ्ग्वेज कोर्स’ , ‘एस.एन.एल.सी’ का लागि नेपाल बसेका थिए । गोर्खाली सेनालाई कमान्ड गर्न बेलायती अफिसरहरुका लागि यो कोर्स अत्यन्तै महत्वपूर्ण रहेके गोर्खा रेजिमेन्टको आधिकारिक पत्रमा उल्लेख गरिएको छ । मिस्टर बिन अर्थात पिता रोवन एट्किन्सनसँग हुबहु अनुहार मिल्ने २६ वर्षीय बेन्जामिन एट्किन्सनले यसरी गोर्खाली समूहमा सहभागी हुन १० हप्ताको कठिन प्रशिक्षण लिएका हुन् भने ब्रिटिश आर्मीमा भर्ती हुनकै लागि नेपालको स्थानीय परम्परासँग पनि परिचय गरेका थिए । अब भने उनले गोर्खाली अफिसर बन्नका लागि नेपाली भाषा राम्ररी जान्नुपर्छ । एक्सटर युनिभर्सिटीबाट उत्तीर्ण बेन्जामिन सैन्य मार्ग रोजेर यसअघि नै ट्रेनिङ लिइरहेका अफिसरका रुपमा प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्ट ’ मा भर्ती भएका थिए । गत वर्ष मात्र उनले स्यान्डहर्सटमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र तत्कालनि बेलायती प्रधानमन्त्री थेरेजा मेका लागि गार्ड अफ अर्नर प्रदान गरेका थिए । गोर्खालीहरु ब्रिटिस आर्मीमा तैनाथ गरिएको २०० वर्ष भइसकेको छ । |
मिस्टर बिन’का छोरा तीन महिना नेपालमा बिताएपछि ब्रिटिश आर्मीको गोर्खाली टोलीमा
४ कार्तिक २०७६, सोमबार
518
Advertisment