लेकसाईडमा १० लाख सहित ९ जना जुवाडे पक्राउ

पाेखरा ।  जिल्ला कास्कीले पोखरा महानगरपालिका वडा नं  लेकसाईडकाे पहारीमार्ग स्थितमा रहेको छवि पौडेलले संचालन गरेको  Hotel Cristal Palace मा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमाखटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ९ जनालाई पक्राउ गरेकाे छ । 

तासका गड्डी सहित जुवातास खेल्ने खेलाउने छवि पौडेल समेत जना व्यक्तिहरुलाई नगद रु १०,५८,५१०। ( अक्षेरुपी दश लाख अन्ठाउन्न हजार पाँच सय दश मात्र ) सहित पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाईएको जनाईएकाे छ । प्रहरीले यस अघि संधै जुवाडेहरुकाे नाम सार्वजनिक गर्ने गरेकाे भएतापनि बैदामकाे यस पटककाे ९ जना जुवाडेहरुकाे नाम सार्वजनिक नगरिनुले प्रहरी लाई उच्च तह बाट निक्कै ठुलाे दबाव अाएकाे हुनसक्ने अाशंका गरिएकाे छ ।

Advertisment