आइसिएन वल्र्ड च्याम्पियनमा पोखराका सुजनलाई गोल्ड मेडल

भुपाल गुरुङ,
पोखरा, ९ कार्तिक ।

पोखरा न्युरोडका सुजन शिल्पकारले अष्ट्रेलियामा सम्पन्न शारीरिक सुगठन अन्तर्गत आइसिएन वल्र्ड च्याम्पियनसिप, २०१९ मा गोल्ड मेडल हात पारेका छन् ।

अष्ट्रेलियाको लन्चेस्टन बस्दै आएका ३४ वर्षिया सुजनले मेलबर्नमा आयोजित आइसिएन वल्र्ड च्याम्पियनसिपको अण्डर ७२ केजी तौल समुहको उपाधी हात पार्दै गोल्ड मेडल प्राप्त गरेका हुन् । उनले खुल्ला समुहमा भने सिल्बर मेडल प्राप्त गरे । प्रतियोगीतामा १५ देशका प्रतियोगीहरुलाई पछि पार्दै उनले गोल्ड मेडल
प्राप्त गरेका हुन् । प्रतियोगितामा खुल्ला समुह तर्फ नेपाल सहित १६ देशका खेलाडिहरुको सहभागीता थियो ।

 

प्रतियोगीताको उमेर समुहमा उपाधी जिते पछि सुजनले खुसि व्यक्त गरेका छन् । उनले अष्ट्रेलियामा रहेर पनि नेपाललाई प्रतिनिधित्व गर्दै उपाधी हात पारेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुसी लागेको बताए । कडा मिहेनेत र परिश्राम कै कारण उपाधी रक्षा गर्न सफल भएको उनको भनाई छ । उमेर समुहको उपाधी संगै नेपाल आइसिएनमा पाचौँ स्थानमा पुगेको छ । सुजनले यस अघि अष्ट्रेलियाको तास्मानिया क्षेत्रको लन्चेस्टनमा आयोजित ‘आइ कम्पिट नेचुरल बडी फिटनेस’ नामक प्रतियोगीतामा दुई स्वार्ण जित्दै वल्र्ड च्याम्पियनमा भाग लिने अवसर प्राप्त गरेका थिए । उनि अष्ट्रेलियाको क्षेत्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली समेत बनेका छन् ।

Advertisment