नेपाल कम्युनिष्ट पार्टीकाे उम्मेदवार छनाैट

पाेखरा । नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) ले अागामी मंसिर १४ गते हुन गईरहेकाे उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वर्गिय रबीन्द्र अधिकारी की धर्मपत्नी बिधा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय लिएकाे छ ।

वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।

बाग्लुङ २ (ख) मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Advertisment