टिकट पाउन खेमराजले कति बुझाए त केन्द्रमा ? सनसनी अन्तर्वार्ता हेर्नुस !


खेमराज पौडेल
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ हुन लागेको उपनिर्वाचन यतिखेर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको विषय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने कास्की २ को उपनिर्वाचनमा यी दुवै पार्टीलाई जसरी पनि जित्नुपर्ने वाध्यात्मक अवस्था छ। निर्वाचनमा कांग्रेसले खेमराज पौडेललाई अघि सारेको छ। खेमराज नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुनुहुन्छ। खेमराज शिक्षण पेसा र राजनीतिक यात्रालाई निरन्तरता दिंदै चिनी कारखानाको अध्यक्ष र सुकुम्बासी आयोगको अध्यक्षसमेत भइसकेका व्यक्ति हुनुहुन्छ। वीपी, गणेशमान, किसुनजीसँग निकट भई सादगी सदाचारी नेताका रूपमा परिचित पौडेललाई अघि सार्दै नेपाली कांग्रेस जनताको विश्वास जित्ने दाउमा छ। यिनै विषय वस्तुलाई समेटी टंकराज अधिकारीविजय नेपालीले उम्मेदवारसँग गर्नुभएको कुराकानी :
जनता निराश भएको समयमा उपनिर्वाचन हुँदै छ, के छ चुनावी मुद्दा ?
जनता जसरी निराश भएका छन् त्यो निराशालाई आशामा परिवर्तन गर्नका निम्ति नेपाली कांग्रेसले यो भ्रष्टाचार, कुशासन अनि महँगी बढेर गएको छ निराशाको अन्त्य गर्नु नै हाम्रो मुद्दा हो र हामीले एउटा अभियान सञ्चालन गरेर त्यसैलाई चुनावी मुद्दा बनाएका छौं।
सरकार अधिनायकवादी दिशातिर अग्रसर भएको छ आफ्नो आकांक्षालाई एकोहोरो रूपमा अघि बढाइरहेको छ त्यसले गर्दा राष्ट्रियता, प्रजातन्त्र, संघीयता र लोकतन्त्र कमजोर हुँदै गएको छ, त्यसलाई पनि जोगाएर जानुपर्छ भन्ने हाम्रो दोस्रो मुद्दा हो। सरकारलाई अधिनायकवादी हुनबाट जोगाउन मेरो जित आवश्यक छ, यसलाई लोकतन्त्रप्रेमी जनताले अवश्यक बुझ्नेछन्।
हाम्रो एउटा मुद्दा यो हो भने अर्को भनेको सरकार अधिनायकवादी दिशातिर अग्रसर भएको छ आफ्नो आकांक्षाले लिएर अघि बढेको छ त्यसले गर्दा राष्ट्रियता, प्रजातन्त्र, संघीयता र लोकतन्त्र कमजोर हुँदै गएको छ, त्यसलाई पनि जोगाएर जानुपर्छ भन्ने हाम्रो दोस्रो मुद्दा हो। सरकारलाई अधिनायकवादी हुनबाट जोगाउन मेरो जित आवश्यक छ, यसलाई लोकतन्त्रप्रेमी जनताले अवश्यक बुझ्नेछन्।
कांग्रेसलाई नै भोट किन ? 
कांग्रेसलाई नै भोट किन भन्दा कांग्रेस कमजोर हँुदाको अवस्था त यस्तो हुँदो रहेछ, दुई तिहाइ मत त प्राप्त गरे जनताले, एक पटक विश्वास गरे, अब गर्दैनन्।
कांग्रेसले चाहिँ जनताको भावना र जुन रूपमा पुर्याउनुपर्ने भूमिका जुन थियो त्यसो गर्न सकेन त्यसो हुनाले अरूलाई दिँदा ठीक हुन्छ कि भन्ने किसिमको सोच राखेर जनताले आफ्नो विचारमा परिवर्तन गरेर नेकपालाई दुई तिहाइ दिएका थिए त्यो गलत रहेछ भन्ने सोचेर अब जनताले हामीलाई भोट दिन्छन्।
नेकाबाट टिकट पाउनका लागि उम्मेदवारको लर्को थियो, तपाईंले नै बाजी मार्नुको कारण के ? 
यो बाजी मारेको होइन। १६ जना उम्मेदवारको नाम सिफारिस भएको थियो, हामीले सहमति गरेर नै नाम पठाएका थियौं जसलाई दिए पनि हामी स्वीकार गर्छौं भनेर कुनै पनि दुःख हुने छैन भनेर नै प्रतिबद्धता क्षेत्रीय समितिलाई गरेका थियांै, त्यही सूचि केन्द्रमा पठाएको हो।
अब साथीहरूको आकांक्षा भए पनि गयौं छलफल गर्यो पार्टीले बीचमा दशंै, तिहार, छठ पर्वको कारणले अलिकति ढिला भने भएकै हो। त्यो कुनै उम्मेदवारी छनौटको कारणले ढिला भएको थिएन।
पछि छनौट भएपछि म टिकट लिन जाँदा काठमाडांैमा भएका अन्य साथीहरूले खुसी साथ मलाई टिकट दिनुभएकोमा केन्द्रीय सभापतिलाई बधाईसमेत दिनुभयो।
एक किसिमले यो निर्वाचनलाई मिनि जनमत संग्रहको रूपमा लिइएको छ। यसमा नेपाली जनताले कस्तो विवेक प्रयोग गर्छ भनेर पनि हेरिएको छ, त्यसैले पनि कास्कीले उचित निर्णय लियो भनेर भन्न जरुरी छ। 

टिकट पाउनका लागि ठूलो धनराशि
बुझाउनुपर्छ भन्ने सुनिन्थ्यो कसरी पाउनुभयो टिकट ? 
मलाई लाग्यो पार्टीमा जुन खाले चर्चा चलेको छ त्यो गलत रहेछ। मैले चाहिँ त्यस्तो केही देखिनँ। त्यसो भएको हुनाले यो अलिकति बढी नै बोलेका रहेछन् भन्ने मलाई लाग्यो।
तपाईंजस्तो सादगी जीवन बिताउँदै आएकाले टिकट पाउनुभयो, निर्वाचनमा ठूलो खर्च हुन्छ, कसरी व्यवस्थापन मिलाउनुभएको छ ? 
अब यो निर्वाचनमा ठूलो खर्च हुन्छ भने पनि खर्च गरे हुन्छ नगरे हँुदैन। मेरो अवस्था साथीहरूले बुझेका छन्। म एउटा के छ भने यो निर्वाचनमा देखिने जुन विकृतिहरू छन् ती विकृति पनि हटेर जानुपर्छ भनेर म आएको हुँ। निर्वाचन भनेको प्रजातन्त्रको सुन्दर पक्ष हो।
यसलाई हामीले विकृत बनाएर लग्यौं भने यसले राम्रो परिणाम दिएर जान सक्दैन र राम्रो प्रतिनिधि छनोटसमेत गर्न सक्दैन भोलि छनौट भएर गएका प्रतिनिधिले काम पनि गर्दैन यही विकृतिविरुद्ध पनि यो उम्मेदवारी भएको हुनाले म त त्यस्तो किसिमको मनी, मसल प्रयोग गर्ने पक्षमा छैन। जनताको विश्वास लिने हो मत दिनुहोस् भन्ने हिसाबले म जान्छु त्योतर्फ म जाँदिन।
तपाईंको उम्मेदवारी केका लागि ? 
मेरो उम्मेदवारी भनेको एउटा आदर्श र निष्ठालाई कायम गरेर जनप्रतिनिधि हिँड्नुपर्छ भन्ने हिसाबकै लागि हो। अधिनायकवाद हटाई लोकतन्त्र स्थापित गर्नका लागि मेरो उम्मेदवारी हो।
युवा जति विदेश पलायन भएका छन्, दलित, आदिवासी, जनजातिलगायत सबै पछाडि परेका छन्। समावेशी र समानताको लागि र युवालाई स्वदेशमै केही गर्नुपर्छ भन्ने योजनाअनुरूप अघि बढ्ने छु मेरो उम्मेदवारी भनेको जनताको सेवाका लागि नै हो।
तपाईंको क्षेत्रको विकासलाई कसरी हेर्नुभएको छ ? 
यो पोखरा नगर विश्व पर्यटकीय शहर हो। यहाँ पर्यटक ल्याउँदा के गर्दा आकर्षण हुन्छ भनेर यसका विभिन्न पक्षहरूको अनुगमन गरी त्यसलाई बुझेर आकर्षण गराउन नीति तथा योजना निमार्ण गर्नेतर्फ सोचेको छु र यो क्षेत्रमा ११ वटा वडा पर्छन् जसमध्ये ६ वटा गाविसहरू छन्।
जस्तै कृष्टि, निर्मल पोखरी, भरत पोखरी, काहु, भलाम र मौजालगायतका यी गाउँहरू महानगरपालिका बने पनि नगरी सुविधाबाट नागरिकहरूले पाउनुपर्ने जुन सुविधा हो त्यसबाट वञ्चित भएका छन्।नागरिकले पाउने सुविधाबाट वञ्चित छन्।
जनताले पाउने सुविधाप्रति आवश्यक शिक्षा, स्वास्थ, खानेपानी जस्तै जुन आवश्यकताहरू पूरा गरेर नगरका नागरिकहरूले हिजो महेन्द्रपुलका सहरबासीहरूले जुन किसिमको सुविधा भोगेका छन् त्यही सुविधा गाउँमा समेत पुर्याउनुपर्छ र पाउनुपर्छ भन्ने विचार लिएर म अघि बढ्छु र त्यो सुविधा दिने प्रयत्न गर्छु।
यो उमेरमा आएर पहिलोपटक टिकट पाउनुभएको छ, के भन्छन् मतदाता ? 
मतदाताले त पार्टीले ठीक निर्णय गर्यो तपाईंले टिकट पाउनुभयो भन्छन्। हाम्रो पार्टीका साथीहरू मात्र होइनन् विपक्षीका साथीहरूसँग पनि भेट हुन्छ। उनीहरूसँग पनि मेरो राम्रो चिनजान छ चाहे त्यो नेकपा होस् राप्रपा वा अन्य कुनै जे जति पार्टीहरू छन् यिनका नेता कर्याकर्ता समेत चिनजान भएको हुँदा मेरो भेटघाट भइराखेकै छ।
पार्टीले राम्रो मूल्यांकन गरेको छ भन्ने गरेका छन्। टिकट पाउनुभयो भन्ने किसिमको धारणाहरू व्यक्त गरेका छन्। मेरो उम्मेदवारीले कतै पनि रिसडाह भने छैन।
कम्युनिस्टको गढले चिनिएको क्षेत्रमा जित्छु भन्ने आधार के ? 
यो कम्युनिस्टको लालकिल्ला होइन, यहाँ रवीन्द्रजीले तीनपटक जित्नुभयो। त्योभन्दा पहिले हामीले नै जितेका थियांै। जसरी हामीले अहिले हारेका थियौ त्यही मतले नै पहिला हामीले जितेका थियौं। माधवजी यहाँ उठ्नुभयो उहाँले जित्नुभयो।
करिब ४ हजार ४५ सय मतले जित्नुभएको थियो। २५ सय मत हाम्रो उम्मेदवारले हार्नुभएको थियो। त्यो पूरा गरेर पनि ५ हजार जति मतले हामीले जितेका पनि हौं त्यही भएर यो कम्युनिस्टको लालकिल्ला भन्न मिल्दैन। यो गलत बुझाइ हो।
अहिलेको यो उपनिर्वाचनले यो गलत रहेछ भन्ने सन्देश दिन्छ। मलाई लाग्छ हामीले २–३ हजार मतले यो निर्वाचन जित्छौं।
तपाईंको राजनीति यात्रा कहिलेदेखि शुरू भयो ?
मेरो राजनीतिक यात्रा भनेको २०१७ सालदेखि हो। मैले २०१७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको हुँ। सोही दिनदेखि मेरो यात्रा शुरू भएको छ।
६ दशक लामो राजनीति यात्रामा पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ कस्तो महशुस गर्नुभएको छ ?
मैले यसलाई पार्टीले मलाई सही मूल्यांकन गर्यो भन्ने रूपमा लिएको छु। मैले मात्र होइन पुरै कास्केलीले नै यो भनेका छन्। मेरो भावी जीवनमा जनताको सेवा गर्ने मौका पाएँ। जनताले जिताए भने जनताको जनविश्वासलाई पुरा गर्ने मौका मैले पाएँ भने त्यो सपना पूरा गर्छु।
अन्त्यमा, जनतालाई के भन्न चाहनुहुन्छ ?
अहिले भनेको क्षेत्र नं. २ को जनतासँग मेरो के अपिल छ भने तपाईंहरू कांग्रेसलाई मत दिनुस्। तपाईंहरूले कम्युनिस्टलाई मत दिनुभयो भने अहिले सरकारले जुन रूपमा गलत काम गरेको छ ती कामहरू गर्नलाई थप प्रोत्साहन मिल्छ। अहिले सरकारले निराशा मात्र दिएको देखिराख्नुभएको छ।त्यो निराशा झन् निराशाको रूपमा बढ्छ।
वाइडबडी, लालमुर्ती जे गरे पनि हुँदोरहेछ भनेर जान्छ। कांग्रेसलाई मत राखिदिनुभयो भने उचित दिशामा लैजान्छांै। त्यसलाई सही मार्गमा हिँडाउन यो निर्वाचनले मद्दत गर्छ। यो छाडा प्रवित्तिलाई रोक्नका लागि नेपाली कांग्रेसलाई मत दिएर जिताए यस क्षेत्रको विकास पनि हुन्छ।
निराशालाई आशामा बदलिन्छ। अब जनताले निर्णय गर्ने समयसमेत आएको छ। एक किसिमले यो निर्वाचनलाई मिनि जनमत संग्रहको रूपमा लिइएको छ। यसमा नेपाली जनताले कस्तो विवेक प्रयोग गर्छ भनेर पनि हेरिएको छ, त्यसैले पनि कास्कीले उचित निर्णय लियो भनेर भन्न जरुरी छ ।
साभार : समाचारपत्र
Advertisment