कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)को केन्द्रिय सचिबमा पोखराका व्यवसायी जगन गुरुङ

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)को केन्द्रिय सचिबमा पोखराका पुराना व्यवसायी जगनबहादुर गुरुङ निर्वाचित भएका छन् । महासंघको २६औं अधिवेशनबाट गुरुङ सचिव निर्वाचित भएका हुन् ।

गुरुङ क्यान कास्कीका संस्थापक अध्यक्ष हुन् । उनी यस अगाडिको कार्यसमितिमा पनि सचिव पदमै रहेर काम गरेका थिए । चुनावी अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति गुरुङले आभार व्यक्त गरेका छन् । सूचना तथा प्रविधिको विकासका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर रहने उनले बताए ।

गण्डकी विकास बैंकका अध्यक्षसमेत रहेका गुरुङ विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध छन्

Advertisment