प्रचण्डले कास्कीमा खेमराजकाे अपमान गर्नासाथ ४६ नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

पाेखरा । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले कास्की २ मा नेपाली कांग्रेसका तर्फबाट उठेका उम्मेदवार खेमराज पौडेललाई देवघाट पठाउनुपर्ने अभिव्यक्ति दिएर अपमान गरेको भन्दै नेकपाकै कार्यकर्ताहरूले विद्रोहको झण्डा उठाएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको अभिव्यक्ति गलत भएको भन्दै ४६ जना नेकपाका कार्यकर्ताहरूले कांग्रेस प्रवेश गरेको बताए । भरतपाेखरी एकिकरण अघि एमालेकाे पकेट क्षेत्र मानिंदै अाएकाे थियाे । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै शर्माले प्रचण्डको अपमानको बदलामा नेकपाका कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेको बताएका हुन् ।

‘कमरेड प्रचण्डले खेमराज गुरुलाई देवघाट पठाउनोस् भनेर अपमान गरेपछि कास्की क्षेत्र नम्बर २ का अ।म मानिसहरुले असन्तुष्ट भएका छन् । नेकपाका सदस्यहरुले उठाए विद्रोहको झण्डा !’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘अपमानको बदला सम्मान गर्ने संकल्प ! यहि उद्घोष साथ भरतपोखरीको कार्यक्रममा ४ पाका र ४२ युवाले गरे नेपाली कांग्रेसमा प्रवेश जय नेपालको न्यानो अभिवादन साथ स्वागत सबैलाई भनि लेखिएकाे छ । अहिले पाेखरामा जंगलतिर भाैंतारिरहेकाे प्रचण्ड लाई गिरिजा प्रसाद काेईरालाले शहर ल्याउंदा काेईरालाकाे उमेर कति थियाे ? भन्ने प्रश्न चियापसल हरुमा चलेकाे छ भने पुर्ब एमालेहरुले पनि बनिरहेकाे माहाेल प्रचण्डकाे अभिब्यत्तिले बिगारिदिएकाे अाराेप लगाउन थालेका छन । त्यसाे त पुर्ब माअाेबादीहरु र माधब नेपाल गुट तथा अन्य स्थानिय गुट सुरुदेखि नै बिधा भट्टराईकाे उम्मेदवारकाे बिपक्षीमा रहंदै अाएकाे बताईन्छ । त्यसै कारण पनि जिल्लाकाे सिफारिसले ब्रेक लगाई प्रदेश कमिटि बाट राजकाजी गुरुङ र पुराना नेता साेमनाथ प्यासीकाे नाम थपेर केन्द्रमा पठाईएकाे थियाे ।

राजकाजी वा प्यासी भए सहज चुनाब जित्ने अांकलन गरेकाे नेकपाले अहिलेकाे उम्मेदवारका कारण कांग्रेस भन्दा निक्कै कमजाेर मत अाउने बिश्लेषणका साथ नेकपाका  बुद्विजिबीहरुले सुझाव दिईएकाे नेकपा स्राेतले बताएकाे छ ।

Advertisment