होटल संघको एकदिने अभिमुखिकरण सम्पन्न

पोखरा, २७ मंसिर । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा शीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । तालिममा ५० जना होटलकर्मीहरुको सहभागिता रहेको संघको कार्यसमितिका सदस्य एवं तालिमका संयोजक नेत्रप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।

विगत बर्षहरुबाट नै संघले आफ्ना सदस्य, पदाधिकारी तथा कर्मचारीहरुका लागि लेखा, प्रविधि तथा व्यवस्थापन सम्बन्धि तालिमहरु प्रदान गर्दै आएको छ । होटल संचालकहरुको माग र संघको आफ्नै योजना अनुसार यो पटक उद्यमशिलता सम्बन्धी अभिमुखीकरण तालिम संचालन गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।
Advertisment