नेपाली कांग्रेसकाे महाधिवेशन मिति ताेकियाे, बरिष्ठ नेता रामचन्द्र पाैडेल समुह बाट बहिष्कार

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तिथि मिति ताेकेकाेछ । बरिष्ठ नेता रामचन्द्र पाैडेल समूहको बहिष्कारकाबीच शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले चार जना पदाधिकारीले चलाउंदै अाएकाे नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तरुण दलको म्याद थप गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बैठकले पार्टीकाे कार्यकाल एक बर्ष थप गर्ने निर्णय पनि गरेकाे छ।
केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाले प्रस्ताव पनि पारित भएको छ बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले अाजकाे बैठक पनि बहिष्कार गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाले सहमतिका लागि भन्दै पटक पटक गरि विगत १५ दिनदेखि बैठक स्थगित गर्दै आएका थिए । तर पौडेल पक्षीय नेताहरुले सहमति गर्ने भन्दा पनि बहिष्कारमा बढि जाेड दिन थालेपछि पार्टीकाे बैठकले बहुमतका आधारमा निर्णय गरेको बैठकमा सहभागि एक केन्द्रिय सदस्यले बताए । ‘सहमतिका लागि पटक पटक बैठक स्थगित गरिएको थियो, तर सहमति गर्ने तर्फभन्दा पनि लिगरिङ गराउनेतर्फ केही नेताहरु देखिएकाले विधान अनुसार बहुमतका आधारमा बैठकले निर्णय गरेको हो’ ति सदस्यले भने।
पौडेल समूहले अर्को वर्ष मंसिरभित्रै महाधिवेशन गर्ने गरी निर्वाचनको कार्यतालिका ल्याउनु पर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयमा अाफुहरुकाे स्थान कहां रहने ? पार्टी बैठकले प्याकेजमै टुंगो लगाउनु पर्ने भन्दै बैठक बहिष्कार गर्दै आएको थियो। पटक पटक संस्थापन पक्ष र पौडेल समुह बिच वार्ता भएपनि सहमति जुट्न सकेको थिएन । पार्टी संस्थापन बाट उपसभापति बिमलन्द्र निधि र पाैडेल समुह बाट पुर्ब महामन्त्री प्रकाशमान सिंहले पटक पटक सहमतिका लागि प्रयास गरेका थिए । यस बिचमा पाैडेल फकाउन स्वयं सभापति शेर बहादुर देउवा समेत नेता रामचन्द्र पाैडेल निवास पुगेका थिए ।

Advertisment