यस्ता छन् कांग्रेसकाे ४७ वटा केन्द्रिय बिभाग

पाेखरा । नेपाली कांग्रेसले बिधानमा रहेकाे २८ बिभागलाई बढाएर ४७ सदस्यिय केन्द्रीय विभागको नाम तय गरेकाे छ । बिभाग गठन हुने निर्णय संगै महत्वपर्ण बिभागकाे नेतृत्व लिन केन्द्रिय सदस्यहरुकाे दाैड सुरु भएकाे छ । त्यसैगरि जिल्ला तहका नेताहरु समेत बिभागमा बस्न पाउं भनी काठमाडौं झरेकाे देखिन्छ । केन्द्रिय कार्यसमितिले निर्णय गरेका बिभाग तपसिल –

१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. स्थानीय तह समन्वय विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
८. संसदीय मामिला विभाग
९. संवैधानिक तथा कानुन विभाग
१०. पर्यटन विभाग
११. महिला विभाग
१२. तरुण विभाग
१३. विद्यार्थी विभाग
१४. पेशागत तथा बुद्धिजीवि विभाग
१५. शिक्षा विभाग
१६. स्वास्थ्य विभाग
१७. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
१८. उद्योग तथा व्यापार विभाग
१९. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२०. कृषि तथा किसान विभाग
२१. आदिवासी जनजाती विभाग
२२. खेलकुद विभाग
२३. प्राकृतिक श्रोत विभाग
२४. साहित्य, कला तथा संस्कृति विभाग
२५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
२६. बैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
२७. अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग
२८. दलित विभाग
२९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३०. मुस्लिम विभाग
३१. वन तथा वातावरण विभाग
३२. तराई मधेश विभाग
३३. वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
३४. पिछडिएको क्षेत्र समन्वय विभाग
३५. विज्ञान तथा सूचना प्रविधि विभाग
३६. भू.पू. सैनिक विभाग
३७. जिल्ला सम्पर्क समिति समन्वय विभाग
३८. अन्य पार्टी सम्पर्क विभाग
३९. आर्थिक नीति तथा योजना विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
४२. थारु विभाग
४३. आपूर्ति तथा उपभोक्ता विभाग
४४. श्रम विभाग
४५. भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग
४६. गैर आवासीय नेपाली समन्वय विभाग
४७. पूर्व राष्ट्रसेवक समन्वय विभाग

Advertisment