१४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७६ फागुनमा, शहरकै उत्सब म्याराथन प्रतियोगिता – तेज गुरुङ

पाेखरा । १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७६
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।
मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष तेज बहादूर गुरुङ्गले वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटि म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धन गर्न र वर्षको १ दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाई म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको बताएका छन् ।
म्याराथनलाई सफल बनाउन र व्यवस्थित रुपमा संचालन गर्न २१ वटा उपसमिति गठन गरी तयारी भइरहेको समेत गुरुङ्गले बताएका छन् ।
यस प्रतियोगितामा छिमेकी राष्ट्र जस्तै श्रीलङका, बाङलादेश,भारत लगायत अन्य देशहरुबाट पनि धावकहरु सहभागी रहेने भएका छन् भने संयूक्त राष्ट्र संघको नेत्तृव लिएका व्यक्तिहरुको पनि सहभागिता रहेने बताइएको छ ।
विशेष गरी खेललाई शान्तिसंग जोड्ने लक्ष्यका साथ खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न र “ख्ष्कष्त ल्भउब िद्दण्द्दण्” लाई समेत १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनले भुमिका खेल्ने विश्वास लिएको पनि उनले बताए ।
त्यस्तै सम्पूर्ण खेलप्रेमी, नेपाली सेना, प्रहरी, पत्रकार, विद्यालय, क्याम्पस, संघ–संस्था, विभिन्न आमा समुह, टोल विकास लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेत च्गल ँयच ँगल मा सहभागी गराई करिब ७ हजार पोखरेलीहरुलाई यस प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखेको समेत मञ्चका अध्यक्षका गुरुङ्गले जानकारी दिए ।
यस्तै पोखरा महानगरपालिकाबाट पनि यस प्रतियोगितालाई प्रमुख इभेन्टको रुपमा सहकार्य गर्दै विदेश स्थित विभिन्न भगिनि सम्बन्ध भएका शहरहरुबाट पनि सहभागि गराउन महानगरपालिकाले आफ्नो तर्फबाट पहल सुरु गरिरहेको पनि जानकारी गराए ।
यो वर्ष सफल पोखरा अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिताको रुट भने परिवर्तन हुने भएको छ । आयोजकका अनुसार साँघरोे र असुरक्षित बाटो कारणले गर्दा रुट परिवर्तन हुने भएको हो ।
यस प्रतियोगितामा विभिन्न विधाहरुमा गरी २८ जना धावकहरुलाई नगद, पदक तथा प्रमाण– पत्रद्धारा पुरस्कृत गरिने भएको छ भने यस पोखरा म्याराथनमा १ मिनेटको उत्कृष्ट भिडियो क्लिप बनाएर पेस गर्ने व्यक्तिलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Advertisment