सभामुख चयन सुरु नभए संसद चल्न दिदैनौं : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयनको प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेका छन्।

हिउँदे अधिवेशन सुरु भएको एक महिनासम्म सत्तारुढ दल नेकपाले सभामुख चयनको प्रक्रिया सुरु गर्न अलमल गरेको भन्दै सभापति देउवाले अब प्रक्रिया सुरु नगरे संसद चल्न नदिने बताएका हुन्।

बुधबार मोरङमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले भने, ‘सत्तारुढ दलले नै सभामुखको उम्मेदवार दिन सक्दैन भने अब हामी धेरै कुर्न सक्दैनौँ। सभामुख चयनको प्रक्रिया सुरु नभए कांग्रेसले संसद चल्न दिँदैन।’

उनले पार्टीमा देखिएको आन्तरिक विवाद पनि समाधान उन्मुख रहेको पनि बताए । नेकपामा दुइ अध्यक्षहरु केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले आआफ्ना उम्मेदवार चयन गरेपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन।

पुस ४ गते चलेको संसद त्यस यता बैठक नबसी तीन पटकसम्म सूचना टाँस गरी स्थगित भइसकेको छ। संसद सचिवालयले अबको बैठक माघ ६ गते दिउँसो १ बजेको लागि डाकेको छ।

Advertisment