समाजवादी पार्टीको बिसु अभियान शुरु बैकल्पिक विचार मात्रै होइन शसक्त राजनीतिक शक्तिः डा.भट्टराई

हुम तमु
पोखरा, ३ माघ
समाजवादी पार्टीले तिनमहिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको शुक्रवार मुलुकको सातै प्रदेशमा शुभारम्भ गरेको छ। समाजवादी पार्टी गण्डकी प्रदेश समितिले प्रदेश नं ४ को पोखरामा संगठन विस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउने बैकल्पिक विचारसहितको समाजवादी पार्टीलाई बैकल्पिक शक्तिको रुपमा विकास गर्नका लागि अभियान जरुरी रहेको बताउनुभयो। विचारमा पुराना पार्टी भन्दा अत्यन्तै विज्ञान संगत सैद्धान्तिक मान्यताका साथ एकिकृत पार्टी हरेक बस्ती बस्तीमा विस्तार र पार्टीको विचार पु¥याउनुपर्ने मुलुकका लागि अत्यन्तै आवाश्यक भएको उहाँको दावी थियो। विसु अभियानको बारेमा चर्चा गर्नुहुदै उहाँले मुलुकले विकल्प खोजिरहेको छ उक्त आवाश्यकता परिपुर्ति गर्ने जिम्मेवारी समाजवादी पार्टीको नेता तथा अभियन्ताका काँधमा आइपरेको बताउनुभयो। विगतमा राम्रा पक्षलाई आत्मसाथ गर्दै अब गफ होइन काम गर्नुपर्ने भन्दै डा.भट्टराईले अभियन्ताहरुलाई अभियान सफल बनाउन निर्देशन दिनुभयो गर्नुभयो।

संघीयताको मर्म नै पहिचान भएकाले अहिलेको महेन्द्रीय प्रसासनिक संघीयताले मुलुक समृद्ध हुनै नसक्ने ठोकुवा गर्नुभयो।जे कारणका लागि संघीयता हासिल गरियो त्यसैको मर्ममाथि प्रहार गर्नु हुदै विगतदेखि विभेदमा पारिएका वर्ग, समुदाय, क्षेत्र, लिंगलाई अपनत्व महसुस हुने, सामाजिक न्याय र समान सहभागीता अनुभूति दिलाउने पहिचनसहितको १०+१ प्रदेश प्राप्तिका लागि गाँउ गाँउमा सचेत र संगठित अभियान जरुरी रहेको उहाँको भनाई थियो। पहिचानका कारण पार्टीलाई भोट कम आयो भन्ने अफवाह चिर्दै जनतालाई जागरुक बनाउन जरुरी छ भन्नुहुदै अहिले नेपालमा एमसीसी बुझ्दै नबुझि टिका टिप्पणी भईरहेको उहाँले बताउनुभयो।देशका लागि सहयोग आवाश्यक हो भने ग्रहण गर्दा हुन्छ, अर्नगल उन्माद मच्चाएर कसैलाई फाइदा नहुने डा.भट्टराईले बताउनुभयो।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पार्टी संगठनात्मक पद्धतिका बारेमा बोल्नुहुदै शसक्त पार्टी निर्माणका लागि आन्दोलनको आवाश्यकता रहेको बताउनुभयो। आन्दोलनको तयारीका लागि विसु अभियान पार्टीले शुरु गरेको उहाँको भनाई थियो। विचारमा समाजवादी पार्टी उत्कृष्ठ भए पनि संगठनात्मक शक्ति दरिलो बनिनसकेको अवस्थामा मुलुकले चाहे जस्तो विकल्प दिन नसकेको महासचिव श्रेष्ठले जोड दिनुभयो। तिन महिना देशैभर संगठन निर्माणसँगै शक्ति स्थापित गर्ने अभियान गरी अक्षम सरकारलाई घँडा टेकाउने आन्दोलन गर्ने उहाँको चेतावनी दिनुभयो। जस्का लागि पार्टीले संगठनात्मक पद्धति चुस्त दुरुस्त रुपमा अपनाउनुपर्नेमा जोड दिनुभयो।

पार्टीका सचिव प्रशान्त सिंहले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुहुदै नेकपा र काँग्रेसले मुलुकलाई र्दुगतिमा पु¥याउने लागि परेकाले समृद्ध नेपाल निर्माणका लागि समाजवादी पार्टीले विसु अभियान सञ्चालन गरेको बताउनुभयो। सरकार केही गर्न नसक्ने, प्रमुख प्रतिपक्षले पनि आफ्नो नैतिक जिम्मेवारी बहन गर्न नसकिरहेको अवस्था एमसीसीलाई हटकेक जस्तो बनाइरहेको छ भन्नुहुदै उहाँले एमसीसी केहो सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गर्नुभयो।

कार्यक्रममा प्रदेश ईञ्चार्ज गणेशमान गुरुङले पार्टीको पछिल्लो निर्णयहरु र विसु अभियानको जिम्मेवारी तथा उद्धेश्यका बारेमा प्रष्ट्याउनुभएको थियो।

पार्टीका प्रदेश अध्यक्ष मोति रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक तामाङले स्वागत र मुख्य सचिव हेमन्त थापामगरले कार्यक्रम संचालन गर्नुभएको थियो। विसु अभियानको प्रदेशस्तरीय उद्घाटन कार्यक्रममा ४ नं. प्रदेशका नेता तथा अभियन्ताहरुको बृहत सहभागीता रहेको थियो।

अभियान अन्र्तगत जिल्ला र निर्वाचन क्षेत्रहरुको संयोजक, अभियन्ताहरुको जिम्मेवारी प्रदान गर्दै प्रदेशैभर तीनमहिनामा गाँउ बस्ती बस्तीमा संगठन र कम्तीमा ३० हजार पार्टी सदस्यता वितरण गर्ने योजना बनाएको प्रदेश इञ्चार्ज गणेशमान गुरुङले बताउनुभयो।

Advertisment