पांच डिआईजीले लगाए फुली, एक नम्बरमा ब्रम्हचार्य

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका पाँच जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा एक बिशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रिस्तरको माघ २२ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा नम्बर एक डिअाईजीमा नेपाली सेना बाट अाएका कृष्णभक्त ब्रम्हचार्य भएका छन भने बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत समेत पदोन्नती भएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक समारोह बिच पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मूल्यांकन गर्र्दै उनीहरुको पदोन्नती गरिएको बताए ।

अाईजी अनुशासन तथा ईमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्वार कार्यमा सकृय रहन समेग निर्देशन दिएका छन् ।

Advertisment