बिहानै लगातार दुई पटक भुकम्पकाे धक्का !

२५ माघ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार २ पटक भूकम्प धक्का महसुस गरिएको छ ।

पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो ।

पहिलो भूकम्पको केन्द्रबिन्दु बझाङ र दोस्रोको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको उहाँले बताउनुभयो ।

भूकम्पको धक्का बैतडी,दार्चुला,बझाङ,अछाम लगायतका जिल्लामा गरिएको हो । भूकम्पवाट कुनै पनि क्षती भने भएको छैन् ।

Advertisment