ज्ञवाली महानिरिक्षकमा नियुक्त, चुनाैतीकाे पहाड सामुन्ने

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली नियुक्ति भएका छन् । ज्ञवालीकाे नियुक्ति संगै उनका अगाडि चुनाैतीका पहाड पनि उत्तिकै देखिन्छ ।
३० बर्षे सेवा अवधिका कारण एअाईजी देखि एसपि सम्म गरि दर्जनाै पद हरु रिक्त भएकाे छ । प्रहरी समायोजनदेखि सरुवा बढुवासम्मका काम अगाडि रहेकाे छ । नयाँ आइजिपीमा नियुक्त भएका ज्ञवालीले प्रहरी समायोजनका लागि पहल गर्नुपर्ने देखिन्छ ।

ज्ञवाली प्रहरी संगठन भित्र लो प्रोफाइलमा बसेर राम्रो काम गर्ने व्यक्तिका रुपमा ज्ञवालीलाई चिन्ने गरेका छन् । प्रहरी संगठनभित्रै पनि उनलाई लो प्रोफाइलका भाग्यमानी प्रहरी अधिकारीको रुपमा लिने गरिन्छ । उनी २०४७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी मंगलबार नेपाल प्रहरीको २७औँ आइजिपी बन्न सफल भएका छन् ।

३० वर्षे सेवाहदका कारण उनको आइजिपीको कार्यकाल ५ महिनाको मात्रै हुनेछ । उनको प्रतिस्पर्धीका रुपमा डिआइजी तारणी लम्साल थिए । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा परेका छैनन् ।

ज्ञवालीले यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोलगायतको कमान्ड र जिम्मेवारी सम्हालिसकेका छन् ।

को हुन् त नवनियुक्त प्रहरी प्रमुख ज्ञवाली ?

नाम–ठाकुरप्रसाद ज्ञवाली

पद् : नव नियुक्त प्रहरी महानिरीक्षक

जन्म: प्युठान जिल्लाको बाँदीकोट गाविस (हाल–झिम्रुक गा.पा.)

जन्म मिति : २०२२/०६/२८ गते स्वं. आमा सुमित्रा , बुबा नारायण प्रसाद ज्ञवाली

श्रीमती:ज्ञानु ज्ञवाली –एक छोरी, एक छोरा

चार दाजुभाइमा माइलो र परिवारमा छैठौँ सन्तान

प्यूठानको बाल शिक्षा माविबाट एसएलसी उत्तींर्ण

त्रिचन्द्र कलेज काठमाडौंँबाट आइएस्सी

त्रिचन्द्रबाट नै विए र त्रिभुवन विश्वविलयबाट राजनीतिक शास्त्रमा

स्नातकोत्तर तह सम्म अध्ययन ।

२०४७ असार २५ बाट प्रहरी सेवामा प्रवेश ।
गरिएकाे रेकर्ड प्रहरी प्रधान कार्यालयमा रहेकाे बताईन्छ ।

Advertisment