सरकार परिवर्तनको खेल शुरु : कमल थापा

भुपाल गुरुङ
पोखरा, ५ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार परिवर्तनको खेल शुरु भएको खुलाएका छन् ।

पोखरामा मिडिया नेपाल गण्डकी प्रदेश समिति घोषणा सभामा बोल्दै अध्यक्ष थापाले नेपाली जनताको बहुमत प्राप्त सरकार गिराउन देशी विदेशी शक्ती लागिपरेको विषय प्रधानमन्त्री केपि ओलीले स्वीकारेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदाता संग सरकार परिवर्तनको संकेत गरेको भन्दै दुखेसो पोखेको उनले बताए । देशमा राजनितिक स्थिरता नचाहने शक्ती सरकार परिवत्र्तनको खेलमा लागेको उनको तर्क छ । ओली सरकार वाह्य शक्तीको दबाब र प्रभावमा परेको उनको भनाई छ । नेता थापाले देशमा भष्ट्रचार, बेरोजगारी, बढेको भन्दै जनताले दुई तिहाई बहुमत दिएर गठित सरकारबाट नेपाली जनताले शान्ती र विकासको अनुभुती गर्न नपाएको समेत बताए । सरकार गठन भएको दुई वर्ष पुगेपनि जनताले शान्ती र विकासको अनुभुत गर्न नसकेको उनको भनाई छ । नेपालमा धर्म परिवत्र्तन व्यापक रुपमा बढेको भन्दै यसलाई रोक्न सरकार असमर्थ रहेको औल्याए । अध्यक्ष थापाले सरकारले मिडियालाई कुण्ठित गर्ने भन्दा पुर्ण स्वतन्त्र छाड्नुपर्ने बताए । नेपालमा प्रजातन्त्रको स्थापना देखि देशको अर्थतन्त्रमा मिडियाले सशक्त अवाज उठाएको प्रसंग सुनाउदै मिडिया क्षेत्रलाई कुनै शक्तीले दबाव र प्रभावमा राख्न नहुने जिकिर गरे ।

यसैबिच राप्रपा सम्बद्ध पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय बैठकले पाँच निर्णय गरेको छ । बैठकले न्युनतम पारिश्रमिक कार्यन्वयन गर्न माग, २५ वर्ष निरन्तर पत्रकारितामा खटिएका श्रमजिवी पत्रकारहरुलाई राज्यले पेन्स वा सो सरहको सुविधा प्रदान गर्न सरकार संग मा समेत गरेको छ । बैठकले गण्डकी प्रदेश संयोजकमा सुर्य बास्तोला, उपाध्यक्षमा श्याम खवास, कृष्ण केसी, सचिवमा विष्णु पौडेल र कोषध्यक्षमा बद्रीराज गौतम चयन गरेको छ । त्यसैगरी प्रदेश ५ तर्फबाट उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णली प्रदेश तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषध्यक्षमा राधिका जोशी , काठमाडौँ उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरु रन्जित प्रसाई, विजय राउत, सविता पोखरेललाई मनोनयन गरेको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले बताए ।

Advertisment