११ औं संस्करणको गण्डकी प्रदेश स्तरिय क्यान इन्फोटेक २०२० को सम्पूर्ण तयारी पूरा

पाेखरा । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले क्यान इन्फोटेक २०२० को सम्पूण तयारी पूरा गरेको छ । यही फाल्गुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा क्यान इन्फोटेक हुने भएको हो । मोफसलमा निरन्तर १० औं संस्करणसम्मको क्यान इन्फोटेकहरु भव्य रुपमा सफल पारेको क्यान कास्कीले ११ औं संस्करणको गण्डकी प्रदेश स्तरिय प्रभु पे क्यान इन्फोटक २०२० इन एसोसिएसन विथ वल्र्डलिंक को आयोजना गरेको हो ।

मेलाको सम्पुर्ण तयारीबारे जानकारी दिने उद्देश्यसहित आज मेला हुने स्थान प्रदर्शनी केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यान कास्कीका सचिव तथा मेला प्रचार प्रसार उपसमिति संयोजक सेवक क्षितिजले यस इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आफुहरुले विश्वास लिएको जानकारी गराएका छन् ।

यस इन्फोटेक मेलामा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइ.सि.टि कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपङि प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरिय आइ.सि.टि क्विज कन्टेस्ट, आइ.सि.टि रोजगारी फर्म वितरण, कम्प्युटर र ल्यापटको निःशुल्क मर्मत सेवा, रोबर्ट प्रर्दशनी एवं प्रतियोगिता लगायतका आइ.सि.टि सम्बन्धि विभिन्न प्रतियोगिताहरु समेत संचालन हुने भएको छ ।
त्यस्तै यस पटकको क्यान इन्फोटेकको विशेषता Made in Nepal रहने बताइएको छ । यस अन्र्तगत प्रोडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति अथवा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने भएका छन् ।

यस्तै मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटि क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको पनि संयोजक क्षितिजले जानकारी दिएका छन् । यस इन्फोटेक मेला १०० वटा आइसिटिसंग सम्बन्धित स्टलहरु रहने भएका छन् ।

इन्फोटेकको तयारीको क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मानगत भण्डारीकोको संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन समेत गरिएको छ ।त्यस्तै यस क्यान इन्फोटेक २०२० ले सूचना तथा संचार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्न, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न र नयाँ उत्पादनहरु सार्वजनिक गर्ने अवसर मिल्ने पनि बताइएको छ ।

Advertisment