कांग्रेसमा १३ बिभाग गठन, ५ जना केन्द्रिय अ​|मन्त्रित सदस्य मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका ४५ मध्ये, १३ वटा बिभाग गठन गरेका छन् ।
सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसंग सल्लाह गरेरै सबै बिभाग एकै पटक गठन गर्ने प्रयास गरेको भए पनि पौडल पक्षबाट नाम नआएपछि पहिलो चरणमा १३ केन्द्रीय सदस्यहरुलाई बिभाग प्रमुखको जिम्मेवारी तोकेकाे बताईन्छ । संघिय संसदका सदस्यहरुको भूमिका संसदमै केन्द्रित हुनुगर्ने भन्दै देउवाले संसद बाहिर रहेका केन्द्रीय सदस्यहरुलाई बिभागको जिम्मेवारी दिएका हुन् ।
सुरुदेखि नै बिभाग गठनमा त्यति चासाे नदेखाएका बरिष्ठ नेता रामचन्द्र पाैडेल देउबाले १३ बिभाग गठन गरे संगै फेरि बिबाद उत्पन्न हुनसक्ने देखिन्छ । त्यसैगरि बिभिन्न जिल्लाका पांच जनालाई अlमन्त्रित केन्द्रिय सदस्यमा मनाेनयन गरिएकाे छ ।
बिभाग र जिम्मेवारी तपसित :-नेपाली कांग्रेसले विभागीय प्रमुख र आमन्त्रित सदस्यहरु तपसिल :-
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरिएकाे छ ।
१ श्री गोपालमान श्रेष्ठ संगठन विभाग
२ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ श्री शंकर भण्डारी तरुण विभाग
९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग
१० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा ट्रेड युनियन विभाग

त्यसैगरि पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरिएकाे मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी बक्तब्यमा जनाईएकाे छ ।

फाेटाे – स्पेसखबर.कम

Advertisment