बढुवा भएका १० डीआईजीको पदस्थापन, गण्डकीमा अर्याल

काठमाडौं । नेपाल प्रहरीका एसएसपीबाट डीआईजीमा बढुवा भएका १० डीआईजीको पदस्थापन भएको छ । मन्त्रीस्तरको वैशाख ७ गतेको निर्णयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उनीहरूलाई आजै दर्ज्यानी चिन्ह प्रदान गरे ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेश वसन्त लामा, गण्डकी प्रदेश धनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा सहकुलबहादुर थापा, प्रकाशजंग कार्की प्रहरी एकेडेमी र अरुण बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ । नेपाल प्रहरीमा १४ डीआईजी छन् ।

Advertisment