लकडाउनका बेला स्वयंसेवक बने भुर्तेल

वैशाख ९, लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । एक साता यता भुर्तेल पोखरा–३० स्थित शिशुवा अस्पतालको ईर्मजेन्सी वार्डमा विरामीको उपचारमा व्यस्त रहने गरेका छन ।

विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला नेपालमा पनि त्यसको गम्भीर असर परिरहेको छ । व्यवसाय हरु ठप्प छन भने कोरोना रोकथाम एवं नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन कायमै छ । यस्तो अवस्थामा कतिपय सामान्य रोगका विरामीहरुले समेत उपचार सेवा पाउन कठिन भईरहेका कारण बिरामीहरुको उपचारका लागि निशुल्क रुपमा सेवा गर्न खटिएको भुर्तेल वताउँछन ।

पोखराको लेकसाईडमा लुम्बिनी प्यालेस सन्चालन गर्नुका साथै भुर्तेल फोम हाउसका सन्चालक समेत रहेका भुर्तेलले लेकसाईडमा रहेको आफ्नो होटल समेत सम्भावित कोरोना संक्रमितहरुका लागि क्वारेन्टाईनस्थल को रुपमा प्रयोग गर्न प्रदेश सरकारलाई दिने घोषणा समेत गरेका छन ।

यसअघि ४ वर्षसम्म मोडल हस्पिटलमा एनेस्थेसीयाको रुपमा कार्यरत एवं एच ए को योग्यता रहेका भुर्तेलले अहिलेको विपतको अवस्थामा सवैले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको वताउँदै चिकित्सकहरु अहिले आफ्नो ज्यान नै दाउमा राखेर काम गरिरहेको अवस्थामा उनीहरुलाई सम्मान र हौसला बढाउनको लागी स्वास्थ्यकर्मीको रुपमा आफुले सेवा गर्ने मनसाय वताएको वताए ।

भुर्तेलले चिकित्सहरुले पनि प्रोटोकल अनुसार बिरामीको ख्याल राख्नुका साथै आफ्नो नैतिक कर्तव्य र दायित्व पनि निर्वाह गर्नुपर्ने वताए । उनले अहिलेको समयमा कोरोना भाईरसबाट जोगिनको लागि सवै सचेत हुनुपर्ने र समाजीक दुरी कायम राख्दै रोकथामका उपायहरुको अनिवार्य रुपमा पालना गर्नुपर्ने वताउँछन ।

Advertisment