ओली गुट र नेपाल गुट बिच निर्णायक बार्ता

काठमाडौं । सरकारले अचानक दुई बिधेयक ल्याईएपछि नेकपा भित्र राजनीति खिचातानी चर्काे रुपमा उब्जिएकाे छ । प्रधानमन्त्री खडग् प्रसाद ओलीले एकलाैटी सरकार सञ्चालन गरेकाे भन्दै सरकारकाे नेतृत्व समेत परिबर्तन गरि अघि बढ्ने सम्मका तयारी गरिरहेकाे समाचार छ । अर्का कार्यकारी अध्यक्ष प्रचण्ड सहित बरिष्ठ नेताहरु माधब नेपाल, झलनाथ खनाल, बामदेब गाैतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पाैडेल सहित सरकार परिबर्तन गर्ने गरि अघि बढेकाे बताईन्छ ।
यसैबिच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच शक्ति सन्तुलनमा सहमति जुटाउनका लागि नेपाल निवास कोटेश्वरमा निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्तापछि दुवैपक्षको निर्णायक वार्ता अहिले नेपाल निवास कोटेश्वरमा सुरु भएको नेकपा स्राेतले जानकारी दिएकाे छ । वार्तामा नेकपाभित्रको शक्ति बाँडफाँटका विषयमा छलफल हुन सक्ने बताईएकाे छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माग गरेको छ भने ओली पक्षले अन्य विभिन्न विकल्प प्रस्तुत गरेको छ ।

वार्तामा ओलीपक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तलगायतका नेताहरु सहभागी छन् ।

Advertisment