बेलायतमा रहेका भूतपूर्व गाेर्खाका समस्या समाधान गर्न दुतावासको आग्रह, यस्ताे छ पत्र

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले कोरोनाबाट प्रभावित बृद्धबृद्धा तथा भुतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि बेलायत सरकार समक्ष आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बृद्धबृद्धा तथा भूतपूर्व गोर्खाहरुलाई जोगाउन राजदूत दुर्गावहादुर सुवेदीले बेलायत सरकारलाई सोमबार पत्राचार गरेका हुन ।

उनले भाषागत समस्या र अत्यावश्यक सामग्रीका बारेमा बेलायत सरकारलाई जानकारी गराए । नेपाली राजदूतावासका अनुसार भूतपूर्व गोर्खाहरुलाई कोरोनाको उच्च जोखिममा छन । दूतावासका अनुसार कोरोनाकै कारण २६ जना भूतपूर्व गोर्खा र ८ जना अन्य नेपालीको ज्यान गइसकेको छ ।
नेपाली बृद्धबृद्धामा भाषागत समस्या र अत्यावश्यक सामग्रीमा पहुँच नभएकाले समस्या आएको दूतावासको ठहर छ । राजदूत सुवेदीले ती समस्या समाधान गर्न बेलायत सरकार, परराष्ट्र्, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्र्ष्टको ध्यानाकषर्ण गराएका हुन । नेपाली बृद्धबृद्धालाई पर्ने समस्याका समाधानमा दुतावासले सबैसँग समन्वय गरी बढिरहेको जनायो ।

Advertisment