नेकपा बिबाद : चिनियाँ राजदुतकाे दाैड !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेकपाका शीर्ष नेताहरू अलगअलग भेट गरेक छन् ।

नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेकपा नेताहरुसँग चिनिया राजदूतको भेटलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड एवं नेता नेपालको असमझदारी बढिरहेको छ । ओलीले पार्टी र सरकारमा एकलौटी काम गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा नै मागिरहेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको उच्चस्तरको सम्बन्ध रहेको छ । राजदूत यान्छी र नेकपा नेताहरुबीच भएको भेटवार्तामा पार्टी भित्रको विवाद र समाधानका उपायबारे छलफल भएको अनुमान गरिएकाे छ ।

राजदूत यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेकाे र प्रचण्डलाई भेटेलगत्तै यान्छीले कोटेश्वर पुगेर नेता माधवकुमार नेपाललाई पनि भेट गरेकाे छ ।

भेटमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीनले गर्ने सहयोगको विषयमा छलफल भएको दाबी गरिएकाे छ ।
‘अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारी रोक्न चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत चीन सरकार र पार्टीबाट सहयोग जारी रहने अपेक्षा लिएको बताउनुभएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिए । जवाफमा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने सहयोग जारी रहने बताए ।

नेकपा विदेश मामिला विभाग प्रमुख नेता नेपाल र राजदूत यान्छीबीच दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएकाछन् ।

गत सोमबार चिनियाँ राष्ट्रपति सी चिङफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी भएकाे थियाे ।
तस्बिर – एजेन्सी

Advertisment