निक्कै ठुलाे रस्साकस्सी बिच नेकपा सचिवालय बैठक सम्पन्न

काठमाडौं । बहुचर्चित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीका देश बिदेशका कार्यकर्ताका साथै प्रमुख बिपक्षी दल लगायतले समेत बैठकलाई महत्वपुर्णका साथ हेरिरहेकाे थियाे । तर बैठकले जे निर्णयकाे अनुमान गरिएकाे थियाे त्यसकाे करिब विपरित निर्णय सार्वजनिक भएकाे छ ।
बैठकले पार्टी स्थायी कमिटी बैठक २५ गते बिहान ११ बजे बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । त्यसकाे तयारीका लागि २४ गते दिउँसो ३ बजे पार्टी सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

त्यस्तै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

Advertisment