लकडाउन खुकुलाे संगै काेराेना भाईरस बढदाे, एकैदिन ५७ जना पुष्टि

काठमाडौं । नेपालका कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा नयाँ ५७ संक्रमित फेला परेका हुन् ।

संक्रमित सबै पुरुष हुन् । कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बारामा १ जना र पर्सामा ३९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

Advertisment