गण्डकी प्रदेशकाे निति तथा कार्यक्रम सार्वजनिक, काेराेना र निर्माणमा जाेड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेश सभाको बजेट अधिवेसनमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमहरु कम छन भने पुराना कार्यक्रमहरुले निरन्तरता पाएका छन । आधारभूत आवश्यकताको रुपमा हेरिएको एक घर एक धारा, उज्यालो प्रदेश जस्ता कार्यक्रमहरु नतिि तथा कार्यक्रममा निरन्तरता पाएका छन् ।

नीति तथा कार्यक्रममा कोरोना भाइरसबाट भएको क्षति र यसका लागि राहत कार्यक्रम ल्याउन विशेष महत्व दिइएको छ । कोरोना भाइरसबाट पीडित भएकाहरुका उद्धार गर्न लागि जीवन रक्षा कोष स्थापना गरिनेछ । यो कोषबाट विभिन्न क्षेत्रमा पीडित भएकाहरुका लागि क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यो कोषमार्फत रोजगार दिने, स्वरोजगार बनाउने, तालिम उपलब्ध गराउने र अन्य विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गरिने पीडितहरुको उद्धार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै कोरोना रोग विरुद्धका लड्नका लागि समेत विशेष कार्यक्रमहरु घोषणा भएका छन । कोरोना उपचार कोषमा थप १५ करोड राखेर ३० करोड पुर्याइएको छ । निजी क्षेत्रबाट ३ करोडभन्दा बढी रकम संकलन भएको बताइएको छ । कोरोना विरुद्ध लड्नका लागि व्यापक परीक्षण र संक्रमितहरुको निःशुल्क उपचार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संकटमा परेका व्यवसायलाई विशेष पुनर्उत्थान कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । पीडितहरुलाई सहुलियन कर्जा उपलब्ध गराउने, चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख गरिएको छ ।

मुख्य विशेषताहरुः
–नयाँ योजना कम, पुराना कार्यक्रमको निरन्तरता
–कोरोना पीडितहरुका लागि जीवन रक्षा कोष स्थापना गरिने
–कोरोना उपचार कोषमा १५ करोड थपेर ३० करोड पुर्याइयो
–संकटमा परेका व्यवसायलाई विशेष पुनर्स्थापन कार्यक्रम ल्याइने
–तीन वर्ष भित्र सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने
–शिक्षालाई प्रविधिमैत्री बनाइने र भर्चुल माध्यमबाट शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिने
–कृषकलाई बजारको अभाव हुन नदिने कृषक र व्यापारीबीच ग्रीम करारको अवधारणा
–पोखरालाई हवाईमार्ग मार्फत देशका प्रमुख सहर र मित्र राष्ट्रहरुसँग जोड्ने
–लेकसाइडमा कोमागाने हरित पार्क, म्याग्दीमा गुरास पार्क र पञ्चासेमा सुनाखरी पार्क बनाउने
–आगामी २ बर्ष भित्र ५५२ किलोमिटर कालोपत्रे गरिने, १४४ पुल निर्माण गरिने
–संघ सरकारसँगको सहकार्यमा अत्याधुनिक प्रदेश सभा भवन बनाइने
स्वास्थ्य क्षेत्रमा थप जोड दिँदै आगमी ३ वर्ष भित्र सवै नागरिकलाई स्वास्थ्य विमाको पहुचमा पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै एकीकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख छ । विभिन्न जातजातिको मातृभाषा सरंक्षणमा विशेष जोड दिने प्रदेशको उद्देश्य छ । यसका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरिने भएको छ ।

शिक्षा क्षेत्रमा समेत नीति तथा कार्यक्रमको विशेष जोड दिएको पाइन्छ । प्रदेशकै ५०० शैय्याको शिक्षण अस्पताल बनाउने उल्लेख गरिएको छ । त्यस्तै दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा आवसीय बनाउने उल्लेख छ । उच्च शिक्षालाई प्रविधिमैत्री बनाइने र भर्चुअल माध्यमबाट शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख छ ।

कृषि क्षेत्रमा समेत केही नयाँ कार्यक्रमहरु परेका छन । बाझो जग्गालाई उपयोग गर्ने नीति लिएर चक्लाबन्दी कार्यक्रमलाई विस्तार गर्ने उल्लेख छ । कृषकलाई बजारको अभाव हुन नदिने कृषक र व्यापारी विच आग्रीम करारको अवधारणा अगाडि सारिएको छ । एक पालिका एक पकेट क्षेत्र कार्यक्रम विस्तार गर्ने, व्यावसायिक तालिम कार्यक्रम र सहुलितय दरमा ऋण उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाएका छन ।

निजी क्षेत्रसंग सहकार्य गरेर दुधमा आत्मनिर्भर गराइने उल्लेख छ । त्यस्तै पोखरालाई हवाईमार्ग मार्फत देशका प्रमुख सहर र मित्र राष्ट्रहरुसंग जोड्ने नया कार्यक्रम अगाडि ल्याइएको छ ।

लेकसाइडमा कोमागाने हरित पार्क, म्याग्दीमा गुरास पार्क र पञ्चासेमा सुनाखरी पार्क बनाउने नया कार्यक्रम निति तथा कार्यक्रममा राखिएको छ । आगामी २ बर्ष भित्र ५५२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । १४४ पुल निर्माण गरिने समेत कार्यक्रम अगाडि आएको छ । आगामी आर्थिक बर्ष भित्रमा १२१ भmोलुंगे पुल निर्माण सम्पन्न गरिनेछ ।

संघ सरकारसगको सहकार्यमा अत्यधुनिक प्रदेश सभा भवन बनाइने उल्लेख छ । कारोना कारण उज्यालो प्रदेश घोषणा कार्यक्रम आगामी बर्ष सारिएको छ । विद्युत नपुगेको ठाउमा राष्ट्रिय प्रासरण लाइनबाट जाडिने र तत्काल असंभव भएको ११६० घरधुरीमा सौर्य उर्जा मार्फत विद्युत पु¥याइनेछ । विद्युतीय चुलोमा अनुदान दिइने समेत कार्यक्रममा उल्लेखि छ । प्रदेश खानेपानी गुरुयोजना तयार गरिनेछ । एक घर एक धारा योजना निरन्तरता दिइनेछ उल्लेखित छ ।

गण्डकी प्रदेश विकास प्राधीकरण गरिनेछ भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम परिमार्जन सहित निरन्तरता पाउनेछन् । अदालतको फैसाला कार्यन्वयन गर्न प्रत्येक मन्त्रालयमा फैसला कार्यन्वयन इकाई गठन गरिने नया कार्यक्रम आएको छ । युवाहरुलाई लागुपदार्थ दुव्यर्सन तथा अन्य अपराधिक गतिविधि विरुद्ध गण्डकी समाज सभ्य समाजक कार्यक्रम सञ्चालन गरिनेछ ।

अहिलेसम्म गण्डकी प्रदेशले ४० वटा विधियक प्रदेश सभामा पेश गरेकोमा ३३ पारित भएका छन । २२ गाउपालिका र ५ नगरपालिकामा खेल मैदान पहल अगाडि बढाइएको छ प्रदेशले आफ्नो उपलब्धि भनेको छ । साथै १०८ किलोमिटर कालोपत्रे भएको र २०७ किलोमिटर ग्राभेल भएको समेत बताएको छ ।

३३ वटा सडक निर्माण कार्य भैरहेको, १७५ सिंचाई निर्माण कार्य भैरहेको बताइएको छ । २९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएका तथा १३० वटा खानेपानी योजना निर्माण जारी रहेको उल्लेख छ । ९५ वटा आयोजना सम्पन्न भै २९ हजार सात सय धारा निर्माण गरिएको उल्लेख छ ।

१४ हजार भन्दा बढी काठे पाेल लाई स्टील पोलबाट विस्थापित गरिएको उल्लेख छ । जनता आवास कार्यक्रम मार्फत १ हजार ३२० घर निर्माण भएको र ८ सय १५ घर निर्माणधीन अवास्थामा रहेको समेत निति तथा कार्यक्रममा उल्लेखि गरिएको छ ।

Advertisment