पाेखरामा पहिराे : ४ काे मृत्यु, घाईतेकाे उपचार हुंदै, बेपत्ताकाे शंकामा प्रहरीकाे खाेजी जारी

पोखरा । लगातारकाे भिषण बर्षाका कारण आएको पहिराेले पाेखराको सराङकोट र हेम्जामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पोखरा वडा नंम्बर १८ सराङकोटको गोठादी भन्ने स्थानमा घर माथिकाे सडक भत्किँदा आएको पहिरोले स्थानिय टंकबहादुर थापाको घर बगाउँदा एकै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राति जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए ।

अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको बताए । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको उनले बताए ।

Advertisment